back
NMB ad

ट्रम्प अमेरिकाको राष्ट्रपति होइन:अमेरिकी

Kumari bank ad

न्युयोर्क। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा प्रदर्शन गर्ने दशौं हजार प्रदर्शनकारीले ट्रम्प आफ्नो राष्ट्रपति नभएको भन्दै विरोध जनाएका छन् । न्युयोर्कमा सोमबार भएको प्रदर्शनमा अमेरिकाका अन्य सहरका नागरिक पनि सहभागी भएका थिए ।

राष्ट्रपति ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेको एक महिना भएकै दिन उनीहरुले प्रदर्शन गरेका हुन् । ट्रम्पले गत जनवरी २० तारिखका दिन राष्ट्रपतिको कार्यभार सम्हालेका थिए । “मेरो राष्ट्रपति दिवस होइन” शिर्षकको प्रदर्शनमा अहिले पनि उनका विरुद्धमा जनता छन् भन्ने देखाउन खोजिएको आयोजकले बताएका छन् ।

सत्तरी वर्षीय राष्ट्रपति ट्रम्पको एक महिनाको कार्यकाल अनेक विवाद र वहसकाबीचमा वितेको छ ।
एक महिना पुगेको उपलक्ष्यमा ट्विट गर्दै राष्ट्रपति ट्रम्पले “राष्ट्रपति दिवस खुशीयाली पूर्वक वितोस्, अमेरिकालाई फेरी राम्रो बनाउ” लेखेका छन् ।

राष्ट्रपति दिवसकै दिन उनले आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकारको रुपमा लेफ्टिनेन्ट जनरल एचआर म्याकमास्टरलाई नियुक्त गरेका थिए । यसअघि नियुक्त गरेका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनको रुससँग गलत सम्बन्ध रहेको भन्ने विवादका कारण राजीनामा दिएकाले नयाँ सल्लाहकारका रुपमा उनले म्याकमास्टरलाई नियुक्त गरेका हुन् ।

ट्रम्पले एक महिना पुगेको दिन विहान ट्रम्प इन्टरनेश्नल गल्फ क्लवमा आयरल्याण्डका चर्चित गल्फ खेलाडी रोरी म्याकइल्रोयसँग गल्फ खेलेका थिए । रासस÷एएफपी

प्रकाशित मितिः २०७३ फागुन ११

वि.सं.२०७३ फागुन ११ बुधवार १४:१६ मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...