back
NMB ad

सैलुन चलाएर मासिक दुई लाखभन्दा बढी आम्दानी, तीनजनालाई रोजगारी

Kumari bank ad

पर्वत । सानै उमेरदेखि विदेश जाने र प्रशस्त धन कमाएर ल्याउने सपना बोकेका यहाँका एक युवाले सैलुन व्यवसायबाट मासिक दुई लाखभन्दा बढी आम्दानी गर्न थालेका छन्। खाडी मुलुक युएई पुगेर दुई वर्षसम्म पसिना बगाए पनि सोचेजस्तो आम्दानी गर्न नसकेपछि घरमै फर्केर सैलुन व्यवसाय सुरु गरेका २७ वर्षीय राजन पौडेलले अहिले मनग्य आम्दानी गर्न थालेका हुन्।

विदेशबाट फर्किएपछि राजधानी बसेर ६ महिना हेयर डिजाइनर तालिम लिएको र जिल्ला आएर व्यवसाय सुरु गरेपछि सोचेभन्दा राम्रो आम्दानी गर्न सफल भएको उनले बताए।

अहिले बागलुङ बजारको पुरानो बसपार्क नजिकै रहेको आफ्नै घरमा ‘मार्क रविन्स सैलुन एयर एन्ड ब्युटी फर लेडिज एन्ड जेन्स’ खोलेर पौडेलले व्यवसाय गर्दै आएका छन्।

परिवारका कान्छा छोरा पौडेलका बुवा नेपाल बैंकका सेवा निवृत्त म्यानेजर हुन्। त्यसैले उनी पैसाको अभावमा भन्दा धेरै राम्रो आम्दानी गर्ने रहरले युएई पुगेका थिए। त्यहाँ पनि पार्लरमै काम गरेको तर सोचे जति कमाइ हुन नसकेपछि नेपालमै गर्न सक्ने हिम्मतले फर्किएको उनी बताउँछन्।

सुरुमा घरपरिवार र समाजले ‘कपाल काट्ने काम पनि गर्नेरु’ भन्दै यस्तो व्यवसाय नथाल्न दवाव नै दिएको उनले बताए। ‘काम भनेको सानो ठूलो हुँदैन भनेर छ लाख रुपैयाँ लगानीमा व्यवसाय थालेको हुँ’ उनले भने। समाजमा अझै पनि सैलुन भनेको भारतबाट आएका व्यक्तिले गर्ने काम हो भन्ने बुझाइ रहेको उनी बताउँछन्।

व्यवसाय थाल्दा सुरुमा त आफुलाई नपत्याएर थोरै मात्र ग्राहक आएको उनकोफ सम्झना छ। विस्तारै आफ्नो मेहनत र कौशलका कारण धौलागिरी अञ्चलमै आफ्नो सैलुन नमुना बनेको भन्दै उनी खुसी व्यक्त गर्छन्।

उनको सैलुनमा पुरुष मात्र होइन महिला ग्राहक पनि उत्तिकै आउने गरेका छन्। ‘बढिजसो प्रोफेसनल व्यक्ति र फेसन प्रती रुची भएका युवा पुस्ता मेरोमा आउने गर्छन्,उनले भने।

दैनिक ४० देखि ५० जनासम्म पुरुष र महिलाले विभिन्न सेवा लिने गरेको उनले सुनाए। ‘एक पटक मबाट सेवा लिएकाहरु त्यसपछि अर्को ठाउँ जाने गरेका छैनन्, उनले भने, ‘पोखरा, काठमाडौँ गएको बेला समेत हेयर डिजाइनको काम नगरि यहीँ आउने गरेका छन्।’

तालिम नै लिएर व्यवसाय सुरु गरेको कारण ग्राहकले चाहे अनुसारको सेवा दिन सकेको उनको भनाइ छ। यसरी दैनिक पाँच हजार देखि सात हजार रुपैयाँसम्म कमाइ हुने गरेकोउनले बताए।

व्यवसायमा गरेको लगानी पहिलो वर्षमा नै उठाएका राजन आफ्नो कमाइ प्रति सन्तुष्ट छन्। परिवार चलाउन र छोराछोरी पढाउने कुनै दुःख नरहेको र अब कमाइको केही हिस्साव सामाजिक काममा समेत लगाउने सोच पलाएको उनले बताए। उनले आफूमात्र होइन दुईजना पुरुष र एक महिला गरी तीनजनालाई रोजगारी पनि दिएका छन्।

१५ फागुन २०७३, रासस, ११।००

वि.सं.२०७३ फागुन १५ आइतवार १२:२९ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...