back
NMB ad

कलेजको उत्सवमा स्टक मार्केट च्यालेन्ज

Kumari bank ad

काठमाण्डौं । किंग्स कलेजले श्रृजना, प्रतिस्पर्धा र मनोरञ्जन विषयबस्तु अन्तर्गत रहि यहि फाल्गुन १७ देखि १८ सम्म काठमाण्डौं कमलादीस्थित एकेडेमी हलमा हाम्रो उत्सवको आयोजना गर्ने भएको छ । उत्सवमा स्टक मार्केट च्यालेन्ज, सोसल मिडिया मार्केटिङ्ग तथा ब्यवसायिक योजना लेखाइ लगायतका बिषयमा सहभागी बिधार्थीहरुले प्रतिपर्धा गर्ने आयोजकले जनाएको छ ।

उत्सवमा स्टक मार्केट च्यालेन्जःसोसल मिडिया मार्केटिङ्गः ब्यवसायिक योजना लेखाइः हाजिरी जवाफः मानव संशाधान प्रतिस्पर्धाः लगायतका बिषयमा सहभागी बिधार्थीहरुले प्रतिपर्धा गर्ने आयोजकले जनाएको छ ।

स्टक मार्केट च्यालेन्ज प्रतिस्पर्धाले प्रतिस्पर्धीहरुलाई विभिन्न कम्पनीहरुको स्टकमा कसरी लगानी गर्ने भन्नेबारे विचार तथा निर्णय गर्ने अवसर प्रदान गर्नेछ । प्रतिस्पर्धाअन्तर्गत एक भर्चुअल स्टक मार्केटको श्रृजना गरिनेछ भने प्रतिस्पर्धीहरुलाई प्रतिस्पर्धाका लागि भर्चुअल सिड रकम उपलब्ध गराइने छ । लगानीमा अधिकतम प्रतिफल हासिल गर्ने समूह यस प्रतिस्पर्धाको विजयी घोषित हुनेछ ।

यस उत्सवले नेपालभरीका १७ वटा कलेजहरुका विभिन्न संकायहरुको जस्तै विज्ञान, कला, मानविकी, ब्यवस्थापन, फेसन लगायत ५०० भन्दा बढी विद्यार्थीहरुलाई एकै थलोमा ल्याउने र स्नातकोत्तर र स्नातक तहका विद्यार्थीहरुका लागि नेपालको सबैभन्दा बृहत कार्यक्रम हुने अपेक्षा लिइएको कलेजका कार्यकारी निर्देशक एवं प्रिन्सिपल नरोत्तम अर्यालले बताए।

१६ फागुन २०७३, १२।००

वि.सं.२०७३ फागुन १६ सोमवार १३:१३ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...