back
NMB ad

पूर्वलडाकुहरुका लागि पुनःस्थापना केन्द्र स्थापना

Kumari bank ad

सोमालियाका अल–सबाब सशस्त्र लडाकू समूहका पूर्वलडाकुका लागि दक्षिणी सोमालियाको किस्मायो नगरमा पुनःस्थापना तथा सुधार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।अफ्रिकाको सिंग राष्ट्र (हर्न अफ अफ्रिका)को नामले पनि परिचित सोमालियामा आन्तरिक युद्ध परित्याग गरेका पूर्वलडाकूको उपचार तथा उनीहरुलाई राष्ट्रिय हितका कार्यक्रममा परिचालन गर्नका निम्ति खोलिएको यो चौथो पुनःस्थापना केन्द्र भएको सोमालियाका लागि संयुक्त राष्ट्रसङ्घीय आयोग (युएनएसओएम)ले एक प्रेस बिज्ञप्तिमार्पmत जनाएको छ ।

सोमालियाको पिछडिएको क्षेत्रमा अवरुद्ध क्षेत्रीय विकासका कार्यक्रम पुनःसञ्चालनमा ल्याउन र अतिबादीले चलाउने सम्भावना रहेको हिंसात्मक गतिविधि नियन्त्रण गर्न उक्त पुनःस्थापना केन्द्र दीर्घकालसम्म सञ्चालन गरिने युएनएसओएम अन्तर्गतको निकायः रुल अफ ल एण्ड सेक्युरिटि इन्स्टिच्युसन ग्रुपका निर्देशक स्टेफ्यान टिल्ल्यान्डरले बताए ।

“विश्वमा कहीँ पनि शान्ति विना विकास सम्भव छैन । यस पुनःस्थापना केन्द्रले विस्तृत परियोजनामार्पmत् शान्ति र विकास अभिवृद्धि गर्नमा पूर्वलडाकूलाई सहयोग गर्नेछ, यसमा जर्मनी, जापान र अन्य राष्ट्रले समेत सहयोग गरेका छन्,” उनले भने ।

यसअघि, युएनएसओएम र विकास साझेदारको सहयोगमा सोमालियाको बाइदोआ, बेलेट वेने र मोगादिसुमा यस्तै तीन वटा सङ्क्रमणकालिन पुनःस्थापना केन्द्र स्थापना गरिएका थिए ।

यस्ता पुनःस्थापना केन्द्रमा पूर्वलडाकूलाई व्यावसायिक शीप विकास तालिम दिनुका अतिरिक्त स्थानीय समुदायमा घुलमिल भइ वसोबास गर्नका लागि मनोवैज्ञानिक परामर्श पनि दिइने छ ।

पुनःस्थापना केन्द्रको निर्माणमा जर्मन सरकार, राष्ट्रसङ्घीय मिसन, सोमालिया सरकार र विकास साझेदारको आर्थिक सहयोग रहेको थियो ।

सोमालियाका लागि जर्मन उप–राजदूत मार्कस बोलमोरले पुनःस्थापना केन्द्रको सम्पूर्ण उद्देश्य भनेकै स्थायी शान्ति सुरक्षा कायम गराउन र दीर्घकालसम्म दिगो रहने मेलमिलापको वातावरण निर्माणमा सहयोग गर्ने रहेको बताउनुभयो । रासस÷सिन्ह्वा

प्रकाशित मितिः २०७३ फागुन २१

वि.सं.२०७३ फागुन २१ शनिवार १३:५७ मा प्रकाशित

You can share this post!

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:२४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार एक कम्पनीको मूल्य...

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:०५

टोकियो, १८ वैशाख : जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष...

बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी

बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:५८

काठमाडौँ, १८ वैशाख : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती...

डढेलो निभाउने क्रममा घाइते भएका एकजनाको मृत्यु   

डढेलो निभाउने क्रममा घाइते भएका एकजनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:५५

पाटन (ललितपुर), १८ वैशाख : ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर...

एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन

एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:४८

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले मायादेवी गाउँपालिका वडा नं. १,...

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य   

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:४०

काठमाडौँ, १८ वैशाख : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु...