back
NMB ad

प्रथम पूर्वाञ्चल पुष्प व्यवसायी मेला भोलिबाट, १० लाखको कारोबार हुने अपेक्षा

Kumari bank ad

काठमाण्डौं । पुर्वाञ्चलका मुख्य तीन जिल्लाहरु सुनसरी, मोरङ र झापामा पुष्प तथा आलंकाकि बोट विरुबाको व्यवसायीक विकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उदेश्यले प्रथम पुर्वाञ्चल पुष्प व्यापार मेलाको आयोजना हुने भएको छ । फागुन २३ देखि २५ गतेसम्म अमान बजार, छाता चोक धरानमा पुष्प मेलाको आयोजना हुन लागेको हो ।

फूलको व्यवसाय प्रवद्र्धन गर्न आयोजना गरिने यस मेला प्रदर्शनीको नारा ‘घर आगन होस या नदी किनारा, रोपि स्वदेशी फूल विरुवा बनाऔ पुर्वाञ्चल हराभराु भन्ने रहेको छ ।

फ्लोरिकल्चर एशोसिएशन नेपालले पुष्प व्यवसाय प्रवद्र्धनका तथा आलंकाकि बोट विरुबाको विकास, विस्तार, पहिचान एवं गुणस्तरिय उत्पादनमा सहयोग पु¥याउनका लागि देशका विभिन्न भागमा यस किसिमका कार्यव्रmमहरु आयोजना गर्दै आएको छ ।

प्रथम पुर्वाञ्चल पुष्प व्यापार मेला २०७३ को उद्देश्य मुख्यतः पुर्वाञ्चलका मुख्य तीन जिल्लाहरु सुनसरी, मोरङ र झापाका पुष्प व्यवसायीहरुलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्ने र व्यवसायिहरु विच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरिय उत्पादनमा टेवा पुर्याउनु रहेको एशोसिएसनले जनाएको छ ।

हाल पुष्प उत्पादक कृषकहरुको आफ्ना उत्पादनको बजार क्षेत्र सिमित रहेको सन्दर्भमा यस प्रकारको प्रदर्शनीको आयोजनाबाट पुष्पप्रेमी उपभोक्ता बढन जाने भई बजार विस्तार गर्न सकिन्छ भन्ने फ्यानको विश्वास छ । पुष्पको जातिय विकास संगै गुणस्तरिय उत्पादनले मात्र उपभोक्ता आकर्षित हुने हुदा पुष्प व्यवसायीहरु विच प्रतिस्पर्धात्मक वातावरण सृजना गरिने भएको हो ।

प्रतिस्पर्धामा समावेश भएका नर्सरीहरुलाई प्रथम, द्वितीय तथा तृतीय घोषणा गरि शिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने बताइएको छ । यस्ता प्रतियोगिताले उत्पादकहरुको स्वच्छ प्रतिस्पर्धाको बिकास भई गुणस्तरिय फूल तथा बिरुवाहरु उत्पादन गर्न सघाउ पु¥याउनुका साथै क्षमता अभिबृद्धि हुने एशोसिएसनको अपेक्षा छ ।

मेलामा व्यवसायिक स्टल १३, सूचनामुलक १ र प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित जम्मा १५ वटा प्रदर्शनी कक्षहरु रहने छन् । मेलामा १० हजार भन्दा बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै १० लाखको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।

२२ फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन २२ आइतवार ११:१४ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...