back
NMB ad

पूर्वराष्ट्रपतिको निधन !

Kumari bank ad

हाइटीका पूर्वराष्ट्रपति रेने प्रेभलको शुक्रबार ७४ वर्षको उमेरमा निधन भएको छ । गरिवका अगुवाका रुपमा चिनिनु भएका प्रेभलले हाइटीको नेताका रुपमा दुई कार्यकाल सेवा गरेका थिए ।

“पूर्वराष्ट्रपति रेने प्रेभलको निधन भएको खवर सुन्नु पर्दा मलाई निकै दुःख लागेको छ,” राष्ट्रपति जोभेनेल मोइसले ट्विटरमा लेखेका छन् । “हाइटीको सम्मानीत नेता उहाँप्रति हामी सधै नतमस्तक छौँ ।”

अर्का पूर्वराष्ट्रपति मिचेल मार्टेलीले पनि सामाजिक सञ्जालमार्फत् प्रेभलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । “राष्ट्रपति प्रेभल, मेरो दाई, मेरो साथि, मेरो सल्लाहकार, हामीलाई सोकमा पारेर जानुभएकोछ,” मार्टेलीले ट्विटरमा लेखेका छन् । उनी सन् २०११ देखि २०१६ सम्म हाइटीको राष्ट्रपति बनेका थिए ।

स्थानीय सञ्चार माध्यमले प्रेभलकी बहिनीलाई उदृत गर्दै दिएको जानकारीअनुसार, हृदयघातका कारण उनको निधन भएको हो । लामो राजनीतिक हिंसापछि उनी इमान्दार र सक्षम नेताका रुपमा हाइटीमा स्थापित थिए ।

उनी सन् १९९६ देखि २००१ र २००६ देखि २०११ सम्म हाइटीको राष्ट्रपति बनेका थिए ।
हाइटीमा दुई कार्यकाल राष्ट्रपति बन्ने व्यक्ति उनी एक जना मात्रै हुन्। दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न नपाइने हाइटीको संवैधानिक व्यवस्था छ ।

आफ्नो कार्यकालमा उनलाई कुनै आरोप लगाइएको थिएन भने उनलाई हटाउने कुनै प्रयास पनि भएको थिएन । उनी लोकप्रिय हुँदाहुँदै पनि संवैधानिक अड्चनका कारण दुई कार्यकालभन्दा बढी समय राष्ट्रपति बन्न पाएका थिएनन् । रासस÷एएफपी

प्रकाशित मितिः २०७३ फागुन २२

वि.सं.२०७३ फागुन २२ आइतवार १३:०१ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...