back
NMB ad

प्रधानमन्त्रीले भने चुनावअघि सत्ता गठबन्धन फेरिन्न !

Kumari bank ad

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनअघि बर्तमान सत्ता गठबन्धन फेरिने हल्ला निराधार भएको बताएका छन्। नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको सरकारको सम्भावना समेत तत्काल नरहेको बताएका हुन्।

प्रचण्डले सरकार फेर्ने विषयले निर्वाचन प्रभावित हुने समेत बताए।उनले भने ‘आजकै मितिमा राष्ट्रिय सहमतिको सरकार सम्भव छैन। स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुअघि अर्को कुनै सरकारको कल्पना गर्न सकिँदैन।

गठबन्धन फेरिने बजार हल्ला पनि आएका छन्। तर, ती सत्य होइनन्। स्थानीय निर्वाचनका लागि सरकार सबै लचकता अपनाउन तयार छ। तर, निर्वाचन प्रभावित हुने कुरामा सहमति र लचकता हुँदैन।’ प्रधानमन्त्रीले स्थानीय निर्वाचनका लागि आवश्यक न्युनतम कानुन बनाएरै मिति घोषणा गरिएकाले कानुन अभाव नहुँने बताए। विचाराधीन विधेयक संसद्ले चाडै पारित गर्ने उनले दाबी गरे।

उनले भने ‘न्यूनतम आवश्यक तयारी गरेर नै निर्वाचनको मिति घोषणा गरिएको हो। ऐनहरु बनेका छन्। अरु केही ऐन पनि पारित गर्नुपर्नेछ। तर, त्यसले स्थानीय निर्वाचनलाई असर गर्दैन। संसद् खुल्ने बित्तिकै बाँकी ऐन पनि पारित हुन्छन्।’

स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनमा सुझाव समितिको सिफारिस आइसकेकाले उक्त प्रतिवेदन आइतबारको मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्ने प्रधानमन्त्रीको भनाई छ।

उनले स्थानीय तहपछि प्रदेश र केन्द्रको निर्वाचन एकै दिन गर्न सकिने बताए। आउँदो कार्तिक वा मंसिरभित्र प्रदेश र केन्द्रको निर्वाचन गर्ने सरकारको तयारी रहेको बताए। निर्वाचन नगरेर संसद्को म्याद थप गर्न नसकिने उनको भनाई छ।

राप्रपाले विचाराधीन संविधान संशोधन प्रस्तावमा मतदान नगर्ने स्पस्ट पारेका कारण तत्काल मतदानको प्रक्रियामा नलगिएको प्रधानमन्त्रीको भनाई छ। राप्रपा समेत संशोधनको विपक्षमा हुँदा प्रस्ताव फेल हुने निश्चित रहेको उनको बताए। प्रस्ताव फेल गर्ने पक्षमा सरकार नरहेकाले तत्काल मतदान प्रक्रियामा नलगिएको प्रधानमन्त्रीको भनाई छ।

प्रकाशित मितिः २०७३ फागुन २२

वि.सं.२०७३ फागुन २२ आइतवार १३:२५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...