back
NMB ad

बैशाखमा हुने निर्वाचनमा पुरानो परिचयपत्र काम नलाग्ने

Kumari bank ad

काठमाण्डौं । निर्वाचन आयोगले नयाँ मतदाता परिचय पत्र छाप्ने भएको छ । निर्वाचन आयोगले बैशाख ३१ गते सम्पन्न हुने स्थानीय चुनावका लागि ०७० सालको निर्वाचनमा प्रयोग भएको मतदाता परिचय पत्रलाई मान्यता नदिने निर्णय गरेको छ ।

नयाँ निर्वाचन ऐनले मतदातालाई मतदानको लागि अनिवार्य मतदाता परिचय पत्रको व्यवस्था गर्न भनेकाले नयाँ मतदाताका लागि नयाँ परिचयपत्र छपाउन लागेको आयोगले जनाएको छ । अब आउने मतदाता परिचय पत्रमा बार कोड समेत उल्लेख हुनेछ । निर्वाचन आयोगले मतपत्र छपाउनका लागि सूचना प्रकाशित गरिसकेको छ ।

निर्वाचन आयोगमा करिब १ करोड ४० लाख मतदाताले फोटोसहितको आफ्नो विवरण दर्ता गराएका छन् ।

यस्तै आयोगले अब कुनै पनि मतदाताले आफ्नो मतदाता नामावली स्थान्तरण गर्न नसक्ने बताएको छ । बसाइँ सराइका आधारमा मतदाताले आफ्नो मतदान केन्द्र परिवर्तन गर्न सक्ने सुविधा रोकिएको आयोगले जनाएको छ । अब मतदाताले जुन मतदान केन्द्रमा आफ्नो नाम छ, त्यही केन्द्रबाट मत दिन र उमेदवार हुन पाउनेछन् ।

२३ फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन २३ सोमवार ११:५२ मा प्रकाशित

You can share this post!

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:१६

सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ ।...

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...