back
NMB ad

के तपाई पर्यटन व्यवसायी हुनुहुन्छ ? व्यवसाय गर्न चाहनुहुन्छ ?

Kumari bank ad

काठमाण्डौं । गाउँका साना पर्यटन व्यवसायीहरुलाई वित्तीय पहुँच उपलब्ध गराउने उद्देश्यले  एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था र युकेएड सक्षम एक्सेस टु फाइनान्सबीच सम्झौता भएको छ।

समझदारी अनुसार एनएमबी माइक्रोफाइनान्सले आगामी दुई बर्षभित्र सात हजार ५२९ व्यक्तिलाई ऋण लगानी गरिने छ। महिला र विपन्न वर्गको ३० प्रतिशतसम्ममा पहुँच विस्तार गर्दै कम्तिमा तीन हजार ५६४ वटा दीगो पर्यटनसँग सम्बन्धित लघु, साना तथा मझौला उद्योगहरु स्थापना गर्ने समझदारीको उद्देश्य हो।

एनएमबीले अब साना आकारका पर्यटन व्यवसायीलाई सहायता प्रदान गर्नको लागि सक्षम उद्यमशील कर्जा नामक नयाँ कर्जा सेवा प्रारम्भ गर्ने एनएमबी माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले बताए।

यूकेएड सक्षमका टोली प्रमुख बलजित भोहराले एनएमबी माइक्रोफाइनान्सलाई पाँच वटा दुर्गम जिल्लाहरू मनाङ, मुस्ताङ, रुकुम, म्याग्दी र इलाममा वित्तीय सेवाहरूको पहुँच पुर्याउनको लागि सहायता प्रदान गर्ने जानकारी दिए।

पर्यटकीय मार्गमा दुई वटा नयाँ शाखा र पाँच वटा उपशाखाहरू पनि यसै परियोजनाअन्तर्गत खोलिने उनले जानकारी दिए। उनले साझेदारीले पर्यटनको सम्भावना अभिवृद्धि गर्दै ग्रामीण पर्यटन क्षेत्रमा काम गरिरहेका महिला तथा विपन्न वर्गको आयस्तरमा पनि वृद्धि हुने बताए।

२४ फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन २४ मंगलवार ११:३२ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...