back
NMB ad

बजारमा उत्साह फर्किएपछि एकैदिन एक करोडभन्दा बढी कित्ता सेयर सूचिकृत

Kumari bank ad

काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिजो सोमबार एक करोड पाँच लाख ३३ हजार ९५९ कित्ता सेयर सुचिकृत भएको छ । विभिन्न कम्पनीको बोनस, हकप्रद, एफपिओ गरेर यो संख्यामा सेयर सुचिकृत भएको हो।

नेप्सोमा सबैभन्दा बढि बोनस सेयर सुचिकृत भएको छ । ६ कम्पनीको ५३ लाख १२ हजार ४८ कित्ता बोनस सेयर सुचिकृत भएको छ । त्यस्तै, दुई कम्पनीका २७ लाख १७ हजार ८६५ कित्ता हकप्रद र नेपाल एसबिआइ बैंकको ६७ हजार ७६७ कित्ता एफपिओ सुचिकृत भएको हो।

सिर्जना फाइनान्सको १० लाख आठ हजार कित्ता, छिमेक लघुवित्त विकास बैंकको २३ लाख ८३ हजार २३१ कित्ता, युनाईटेड इन्स्योरेन्स ५ लाख ४ हजार कित्ता, प्रिमियर इन्स्योरेन्सको सात लाख ४७ हजार ५०५ कित्ता, श्रीइन्भेस्टमेन्ट फाइनान्सको दुई लाख ३१ हजार र त्रिबेणी विकाश बैंकको चार लाख ३८ हजार ३१२ कित्ता बोनस सेयर सुचिकृत भएको हो।

युनाईटेड फाइनान्सको ११ लाख ५९ हजार ८३६ कित्ता र त्रिबेणी विकास बैंकको १५ लाख ५८ हजार २९ कित्ता हकप्रद सेयर सुचिकृत भएको हो। सनराइज बैंकले किनेर बिलय गरेको एनसिमएम मर्चेन्ट बैंकको १५ लाख ९८ हजार १६९ कित्ता र ग्लोबल आइएमइ बैंकले किनेर बिलय गरेको प्यासिफिक डेभलमेन्ट बैंकको नौ लाख २१ हजार ११० कित्ता सेयर पनि सुचिकृत भएको छ।

२४ फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन २४ मंगलवार १३:०६ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...