back
NMB ad

१४ अर्ब लगानीका लागि बन्यो चार समिति

Kumari bank ad

काठमाण्डौं । लगानी सम्मेलनमा आएको १४ खर्ब लगानी प्रतिवद्धता कार्यान्वयनका लागि उद्योग मन्त्रालयले समिति बनाएको छ। उद्योगमन्त्री नवीन्द्रराज जोशीले लगानी भित्र्याउन नीतिगत तथा संरचनागत विषय संबोधन गर्न समिति गठन गरिएको जानकारी दिए।

उद्योग मन्त्रीको संयोजकत्वमा सम्मेलनमा आएका विभिन्न देश तथा बहुराष्ट्रिय कम्पनीका गुनासो सम्वोधन गर्न र ऐनरनियमलाई समयानुकुल निर्माण गर्न तीन उपसमिति बनाएको हो।मन्त्रीस्तरीय निर्णयबाट समिति निर्णय गरिएको हो।

समितिका सदस्यमा बाणिज्य मन्त्री, पर्यटन मन्त्री, उर्जा मन्त्री, उद्योग सचिव, अर्थ सचिव, वाणिज्य सचिव, पर्यटन सचिव, उर्जा सचिव, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, नेपाल उद्योग परिसंघका अध्यक्ष तथा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष र उद्योग मन्त्रालयका सहसचिव सदस्य सचिव रहने व्यवस्था गरिएको छ।

समितिले तीनवटा उपसमितिसमेत गठन गरेको छ। लगानी विस्तारका लागि प्रक्रियागत रुपमा सहज पार्नका लागि विदेशी लगानी सम्वन्धी नीति समन्वय उपसमित, विदेशी लगानी प्रवर्द्धन उपसमिति र विदेशी लगानी सम्वन्धी परियोजना सवन्वय उपसमिति गठन गरेको हो।

विदेशी लगानी सम्वन्धी नीति समन्वय उपसमितिमा राष्ट्रिय योजना आयोगका उद्योग हेर्ने सदस्य अध्यक्ष रहनेछन्। त्यस्तै सदस्यहरुमा वाणिज्य मन्त्रालयका सहसचिव, पर्यटन मन्त्रालयका सहसचिव, उर्जा मन्त्रालयका सहसचिव, उद्योग मन्त्रालयका सहसचिव, अर्थ मन्त्रालयका सहसचिव, उद्योग वाणिज्य महासंघका अध्यक्ष, उद्योग परिसंघका अध्यक्ष र चेम्वर अफ कमर्सका अध्यक्ष रहनेछन्। उद्योग सचिवको संयोजकत्वमा विदेशी लगानी प्रवर्द्धन उपसमिति गठन गरिएको छ।

२४ फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन २४ मंगलवार १३:११ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...