back
NMB ad

भेडापालकलाई करिब ३१ लाख अनुदान

Kumari bank ad

म्याग्दी । जिल्लाको कालीगण्डकी भेगका भेडापालक कृषकले रु ३० लाख अनुदान पाएका छन् । जिल्ला पशु सेवा कार्यालयले भेडापालन क्षेत्रमा पूर्वाधार निर्माणका लागि कालीगण्डकी भेडा विकास स्रोत केन्द्रमार्फत अनुदान उपलब्ध गराएको हो ।

भेडा गोठ, टहरा, खानेपानी, डिपिङ टङ्की निर्माण गर्न स्रोत केन्द्रमार्फत रु ३० लाख ९० हजार अनुदान उपलब्ध गराइएको पशु विकास अधिकृत नरबहादुर बानियाँले बताए । स्रोत केन्द्रमा शिख, घार, हिस्तान, राम्चे, भगवती, दोवा, बेग, भुरुङ तातोपानी, दाना र नारच्याङ गाविसका ६३ जना भेडापालक कृषक आबद्ध छन् ।

उनीहरुले हाल ११ हजार पाँच सय ८१ भेडा पालेका छन् । परम्परागत भेडापालन पेसालाई व्यवस्थित र व्यावसायिक बनाउन कृषकलाई सङ्गठित गरी पूर्वाधार निर्माण र प्राविधिक सहयोग गरिएको अधिकृत बानियाँले बताए ।

दशवटा गोठ बनाउन रु दुई लाखका दरले र १० वटा टहरा बनाउन रु ५० हजारका दरले सहयोग गरिएको छ । यसैगरी दाना, शिख र दोवाको चरन क्षेत्रमा चारवटा भेडाले पानी खाने पोखरी बनाउन रु ८० हजारका दरले अनुदान पाएका छन् ।

बाह्य परजीवी नियन्त्रणका लागि औषधि उपचार गर्न दाना र बेगमा रु ६०६० हजारमा दुईवटा डिपिङ टङ्की निर्माण गरिने भएको छ । दाना, भुरुङ, शिख र हिस्तानको चरन क्षेत्रबाट विषयुक्त घाँस हटाउन रु एक लाख २५ हजार छुट्याइएको छ ।

यसैगरी दाना, नारच्याङ र बेगको चरन खर्चमा जाने बाटो बनाउन रु दुई लाख उपलब्ध गराइएको छ । कृषकको माग र स्रोत केन्द्रले तयार पारेको कार्ययोजनाअनुसार सम्झौता गरी पूर्वाधार निर्माणका लागि अनुदान उपलब्ध गराइएको पशु सेवा कार्यालयले जनाएको छ । प्रविधिज्ञले तयार पारेको मापदण्डअनुसार चालु आर्थिक वर्षभित्र नै पूर्वाधार बनाउनुपर्नेछ ।

गोठमा बस्ने कृषकलाई रु आठ लाख बराबरको ऊन काट्ने कैँची, चर्खा, त्रिपाल, मोबाइल, पाल, सौर्य टुकी, गमबुट, टर्च लाइटलगायत बन्दोबस्तीका सामग्री सहयोग गरिने पशु सेवा प्रविधिज्ञ डिल्लीराम रेग्मीले बताउनुभयो । स्रोत केन्द्रमा आबद्ध कृषकलाई कार्यालयले आन्तरिक तथा बाह्य परजीवी विरुद्धको औषधि, प्राविधिक सेवा र विभिन्न सामग्री सहयोग गर्दै आएको छ ।

२४ फागुन २०७३, रासस, १।००

वि.सं.२०७३ फागुन २४ मंगलवार १६:०४ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...