back
NMB ad

विद्यार्थी बढाउन दुर्गममा आवासीय सुविधा

Kumari bank ad

गोरखा। विद्यालय छाड्दै विद्यार्थी गुम्बामा लामा पढ्न गएपछि जिल्ला शिक्षा कार्यालय गोरखाले उत्तरी भेगका विद्यालयमा आवासीय सुविधा वृद्धि गरी गुम्बाका विद्यार्थी पुनः विद्यालयमा फर्काउने अभियान सुरु गरेको छ ।

सरकारी विद्यालयमा भर्ना गरेपनि लामा पढ्न भन्दै बीचमै कक्षा छाडेर विद्यार्थी गुम्बा गएपछि विद्यालय रित्तिने अवस्थामा पुगेपछि अभियान थालिएको हो । सरकारी विद्यालय बन्द भएको बिही गाविसमा विद्यार्थी गुम्बामा लामा पढ्न गएका छन् । बिहीमा पुनः विद्यालय पुनःस्थापना गरी गुम्बा पुगेका विद्यार्थी विद्यालय शिक्षामै फर्काउने अभियान कार्यालयले अघि बढाएको हो । खाजासहित आवासीय सुविधा पाएपछि गुम्बामा लामा पढ्न भन्दै जाने विद्यार्थीको लर्को नै छ ।

उत्तरी भेगका सात गाविसका छवटा विद्यालयमा आवासीय सुविधासहित विद्यार्थी पढ्दै आएका छन् । जिल्ला शिक्षा कार्यालयको तथ्याङ्क हेर्दा गएको वर्षसम्म तीन विद्यालयका २०० जना विद्यार्थीले आवासीय सुविधा लिएको देखिन्छ । एकसय ८० वटा कोटा थपेर यस वर्षदेखि छवटा विद्यालयमा आवासीय सुविधासहित विद्यार्थी पठनपाठन गर्दै आएको जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले जानकारी दिए ।

ल्हो गाविसस्थित ल्हो प्राविका ५५ मध्ये २० जना विद्यार्थीले आवासीय सुविधामा पढिरहेका छन् । तिब्बतसँग सीमा जोडिएको सामागाउँ प्राविका ८० मध्ये ५० विद्यार्थीले आवासीय सुविधा पाएका छन् । प्रोकको नु्रवी प्राविका ३९ विद्यार्थीमध्ये ३० जनाले आवासीय सुविधासहित विद्यालयमै बसेर पढिरहेको शिक्षा कार्यालयले जनाएको छ । आवासीय सुविधासहित पढ्दै आएका विद्यार्थीलाई सरकारले प्रतिविद्यार्थी मासिक रु चार हजार दिने गरेको छ । छेकम्पारको बुद्ध माविका २५ जना, मान्वुको भवानी माविमा ७० र उत्तरी सात गाविसको एक मात्र मावि सिर्दिवासको बुद्ध आवासीयमा १५० जनाले आवासीय सुविधासाथ पढिरहेका छन् ।

जिशिअ सुवेदीका अनुसार विद्यालयबाट टाढाका विद्यार्थीलाई आवासीय सुविधा दिनका लागि प्राथमिकता दिइएको छ जसले गर्दा विद्यालयमा विद्यार्थीको सङ्ख्या धेरै छ । बिहीका स्थानीय नवीन गुरुङका अनुसार सरकारी विद्यालयमा आवासीय सुविधा पाएपछि गुम्वाबाट फर्काएर अभिभावकले छोराछोरीलाई विद्यालय शिक्षामा ल्याएका छन् ।

विद्यालय शिक्षाबाट वञ्चित दुर्गमवासीले सरकारी सेवा, जागिर खान नपाएको, नेपाली भाषा बोल्न तथा नबुझ्दा अनेक खालका समस्या झेल्नुपरेको गुरुङले बताए । दुर्गम भेगका विद्यालयमा शिक्षक नियमित नबस्ने, हिउँदमा चिसो र हिउँ पर्दा पनि पठनपाठन अवरुद्ध हुने गर्छ । एक गाविसमा कम्तीमा एक विद्यालयमा आवासीय सुविधा पु¥याउन सकेमा सरकारी विद्यालयमा विद्यार्थीको सङ्ख्या ह्वात्तै बढ्ने दुर्गम भेगका अभिभावक बताउँछन् ।

प्रकाशित मितिः २०७३ फागुन २४

वि.सं.२०७३ फागुन २४ मंगलवार १६:०२ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...