back
NMB ad

८६ बर्षिय मीनबहादुर शेरचनको ‘सगमाथा चढेर फर्केर आउने कसम’

Kumari bank ad

काठमाडौं । उमेरले डाँडा काटिसक्यो तर आँट भने तरुणको जस्तो । ७६ वर्षको उमेरमा करिब ३ सय ४० दिनमा सगरमाथा आरोहण गरी विश्व किर्तिमान कायम गर्न सफल मीन बहादुर शेरचनले फेरि सगरमाथा चढेर फर्केर आउने घोषणा गरेका छन् । उमेरले ८६ वर्ष पुगिसकेका शेरचनले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि विश्व शान्तिको निम्ति आउँदो अप्रिलबाट फेरि सगरमाथा चढ्ने घोषणा गरेका हुन । उनले भने,‘यसअघि सगरमाथा चढ्दा मरेरै भएनि सगरमाथा चढ्छु भनेको थिए, अहिले म सगरमाथा चढेर पनि बाचेरै आउनेछु ।’

उनले आफ्नो उमेर कृत्रिम जस्तै रहेको बताए । ‘उमेरले मेरो साहसलाई रोक्दैन,मलाई लाग्छ मेरो यो उमेर त कृत्रिम हो ।’ उनले भने । उनले सबै मिलेर पृथ्वीको अस्तित्वलाई जोगाउनुपर्नेमा जोड दिए ।

मीन बहादुर शेरचन सगरमाथा आरोहणका संयोजक भापू क्यापटेन जीतबहादुर घर्तीमगरले शेरचनको आरोहणका निम्ति सहयोग गर्न सबैमा आग्रह गरे । उनले सरकारबाट साहसीक यात्राका निम्ति कुनै सहयोग नपाएको भन्दै गुनासो व्यक्त गरे ।

उनले भने,‘ आर्थिक साहयताको पनि खाँचो छ, सरकार रमिते छ, उहाँको साहसिक यात्रालाई टुंगोमा पुर्याउन देश विदेशमा रहेका सम्पूर्ण नेपालीले सहयोग गर्नुहुनेछ भन्ने आशा राख्छु ।’ कार्यक्रमको संयोजन न्यूज अभियान डट कमका प्रधान सम्पादक छायाचन्द्र भण्डारीले गरेका थिए ।

प्रकाशित मितिः २०७३ फागुन २६

वि.सं.२०७३ फागुन २६ बिहीवार १२:३१ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...