back
NMB ad

ठग दुगडका संचालकलाई समात्न के प्रहरी असफल भएकै हो त ?

Kumari bank ad

काठमाडौ। कालोबजारी तथा ठगी मुद्दामा फरार केएल दुगड ग्रुपका सञ्चालकहरूलाई समात्न प्रहरी संयन्त्र असफल जस्तै देखिएको छ । ग्रुपका संचालक किसनलाल दुडग, नरेश दुगड, कुमुद दुगड र विकास दुगडलगायतका अभियुक्त पक्राउ गर्न सादा पोसाकमै विशेष संयन्त्र बनाई प्रहरी परिचालन गरेपनि २६ फागुनसम्म आईपुग्दा पनि उनीहरुलाई अझै समात्न सकेको छैन । किनकि २६ फागुनमा अदालतले मुद्दाको पेसी तोकेपछि दुगड ग्रुपका सञ्चालकहरूलाई सोही दिन पक्राउ गरी अदालतमा बुझाउने उद्देश्यका साथ खोजी तीव्र पारिएको बताएपनि प्रहरी अझै सफल भएको छैन ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) प्रद्युम्न कार्कीका अनुसार अदालतबाट वारेन्ट जारी भएका कारण दुगड ग्रुपका सञ्चालकहरूलाई अदालत बुझाउनका लागि प्रहरीले सबै संयन्त्रको प्रयोग गरी खोजी जारी राखिएको छ । ‘केएल दुगड ग्रुपका सञ्चालकलाई पक्राउ वारेन्ट जारी भएको अवस्थामा प्रहरी चुप लागेर बसेको छैन, हामीले उसको गतिविधिलाई नियालिरहेका छौं । सबै कारोबार नेपालमै भएकाले उसको आउजाउ हुन सक्ने सम्भावनालाई पनि ध्यान दिइएको छ । उनीहरू कुनै न कुनै बेला पक्राउ पर्नेछन,’ प्रवक्ता कार्कीले भने ।

डेढ वर्षअघि काठमाडौं प्रहरी परिसरले केएल दुगडको जडीबुटीस्थित गोदाममा छापा मारी बढी मूल्यमा बेच्न स्टिकर परिवर्तन गरिएको चार ट्रकभन्दा बढी खाने तेल बरामद गर्दै ९ करोड बढी ठगी कायम गरी जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । अदालतले सबै सञ्चालक दोषी रहेको भन्दै उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रकाशित मितिः २०७३ फागुन २६

वि.सं.२०७३ फागुन २६ बिहीवार १२:४२ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:३२

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १०...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...