back
NMB ad

मन्त्रिपरिषद् ४५ सदस्यीय, कमल थापा उपप्रधान एवं स्थानीयविकास मन्त्रीमा नियुक्त

Kumari bank ad

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राप्रपाबाट उपप्रधानसहित तीन मन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । मधेसी मोर्चाले ७ दिनभित्र संविधान संशोधन र स्थानीय चुनाव स्थगित नभए स्वतः समर्थन फिर्ता हुने घोषणा गरे लगतै राप्रपाले सरकारमा थप मन्त्री पठाएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा उपप्रधान एवं स्थानीयविकास मन्त्री नियुक्त भएका छन् । यस्तै प्रमुख सचेतक दिलनाथ गिरीलाई संस्कृति, पर्यटन तथा नायरिक उड्ययन मन्त्री नियुक्त गरिएको छ । थापा र गिरीले बिहीबार नै राष्ट्रपति विद्या भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका छन् । राप्रपाबाट राज्यमन्त्रीमा सिफारिस भएका परशुराम तामाङले भोलि शुक्रबार सपथ लिनेछन् ।

राप्रपा र राप्रपा नेपालबीच एकता हुनु अघि नै राप्रपाबाटै दीपक बोहोरा आपूर्ति र विक्रम पाण्डे भूमिसुधार मन्त्री छन् ।

यता पाण्डेको मन्त्री पद खोसियो, शाही र सिंहको हेरफेर

राप्रपाबाट मन्त्री थप्नु अघि माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले पार्टी नेता हितराज पाण्डेलाई स्थानीय विकासमन्त्रीबाट फिर्ता गराएका थिए । उनलार्इ पशुपंक्षी विकासमन्त्री बन्न प्रस्ताव गरेका थिए । तर, उनले अस्वीकार गरेका छन् । स्थानीय विकास राज्यमन्त्री रहेका श्रीप्रसाद जबेगुबारे भने नयाँ निर्णय भएको छैन ।

यस्तै मन्त्रीद्वय जीवनबहादुर शाही र प्रेमबहादुर सिंहको पनि मन्त्रालय हेरफेर भएको छ । शाहीले सम्हाल्दै आएको पर्यटन मन्त्रालय राप्रपाबाट मन्त्री भएका गिरीले लिएका छन् । कांग्रेस नेता शाहीलाई भने प्रेमबहादुर सिंहले सम्हाल्दै आएको खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । सिंहले भने प्रधानमन्त्रीसँग रहेको विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन् । यससँगै प्रचण्डको क्याबिनेट ४५ सदस्यीय भएको छ ।

प्रकाशित मितिः २०७३ फागुन २७

वि.सं.२०७३ फागुन २७ शुक्रवार ०६:५५ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...