back
NMB ad

जाजरकोट बस दुर्घटनाः २६ को मृत्यु !

Kumari bank ad

जाजरकोट । जाजरकोटको बोहरा जिरो प्वाइन्ट नजिकै बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या २६ पुगेको छ । खलंगाबाट खाराका लागि छुटेको ना ३ खा २२ ७९ नम्बरको बस जिरो प्वाइन्ट नजिकै पासागाड खोलामा घुम्तीबाट खसेको हो ।

दुर्घटनामा घाइते भएका ३५ जनालाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि रुकुमको चौरजहारी अस्पताल रिफर गरिएको थियो । चौरजहारीबाट सेनाको हेलिकप्टरले गम्भीर घाइते केहीलाई उपचारका लागि बिहीबार राति नै काठमाडौं ल्याएको छ ।

घटनास्थलमा १५ जना र उपचारका क्रममा ११ जनाको ज्यान गएको जिल्ला अस्पताल जाजरकोटका अहेब रामप्रसाद शर्माले जानकारी दिए । बस दुघर्टनामा लहँ गाविसका रामबहादुर बस्नेत, साल्मका नन्दलाल जैसी, सीमाका मदन पुन, भेरीमालिका नगरपालिकाका सन्तोष राना, गोपाल सुनार, सर्मीला सुनार, नविन चन्द,  गणेश बोहरा  र  सन्त सुनारको ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै दशेरा–१ का डिलबहादुर बुढा, रुकुम चौरजहारी–४ का कृष्ण गिरी, दशेरा–२ का मनीराम जैसी, भेरीमालिका नगरपालिका–१२ का बहादुर भनारी, मजकोट–७ का दले तिरुवा, भेरीपालिका नगरपालिका–१३ का हिउँसर गिरी, स्वीकोट सल्यानका उदय बुढा, भेरीमालिका नगरपालिका–११ गोप्ला सुनार, पजारु–८ का नैने दमाई, भेरीमालिका नगरपाकिा–८ का चैते खत्री र गर्खाकोट २ का हरिबहादुर शाहीको मात्र सनाखत भएको प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिएका छन् । बाँकी सात जनाको सनाखत हुन बाँकी छ ।

प्रकाशित मितिः २०७३ फागुन २७

वि.सं.२०७३ फागुन २७ शुक्रवार ०६:४५ मा प्रकाशित

You can share this post!

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:५३

खोटाङ, १९ वैशाख : तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:४३

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज...

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:१७

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र...