back
NMB ad

राष्ट्रपतिले मासिक चार करोड दान दिने

Kumari bank ad

ह्वाईटहाउस । चुनावी अभियानकै क्रममा राष्ट्रपति भएपछि आफूले कुनै तलब र सुविधाहरु नलिने घोषणा गरेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी डिसेम्बरमा आफ्नो वार्षिक तलब दान दिने भएका छन् ।

राष्ट्रपति ट्रम्पले आफ्नो वार्षिक तलब चार लाख डलर अर्थात चार करोड रुपैयाँभन्दा बढी रकम कुनै च्यारिटीलार्इ दान दिने तयारी गरिरहेको ह्वाइट हाउसका प्रवक्ता सान स्पाइसरले बताएका छन् ।

प्रवक्ता स्पाइसरका अनुसार ट्रम्पले तलब दानका रुपमा दिनको लागि उचित च्यारिटीको खोजी गर्न भनेका छन् । राष्ट्रपतिको चुनावी अभियानका क्रममा ट्रम्पले राष्ट्रपति चुनिएमा आफूले तलब लिने कुनै चाहाना नभएको बताएका थिए। उनले कानुनी मान्यताका लागि न्यूनतम तलब लिने र कुनै छुट्टी पनि नलिने पनि चुनावी भाषणका क्रममा भनेका थिए ।

ट्रम्पलार्इ कम दान दिने ब्यक्तिका रुपमा चित्रण गरिन्छ। ट्रम्पले आफ्नो बिजनेसका क्रममा पनि बिगतमा एकदमै कम दान दिने गरेको समाचारहरु सार्वजनिक भएकाले राष्ट्रपतिको रुपमा लिने तलब दान दिन लागेको विषयले चर्चा पाएको हो।

१ चैत २०७३, बीबीसी, १।००

वि.सं.२०७३ चैत १ मंगलवार १३:१४ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...