back
NMB ad

बैंकको १ बराबर १ अनुपातमा हकप्रदको यो मौका नगुमाउनुहोला ! सँगै बोनस पनि पाईने

Kumari bank ad

काठमाडौ । लक्ष्मी बैंक लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनका लागि बैंकले मंगलबार अर्थात् चैत्र १ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको छ ।

गत वर्षको माघमा सम्पन्न १५औँ वार्षिक साधारणसभाले पारित गरेबमोजिम लक्ष्मीले प्रोफेशनल दियालो विकास बैंकलाई एक्वाएर गरेपछिको चुक्तापुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति पाएको हो । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा तीन अर्ब १५ करोड ९० लाख ३० हजार तीन सय रुपैयाँ बराबरको तीन करोड १५ लाख ९० हजार तीन सय तीन कित्ता हकप्रद सेयर सर्वसाधारण सेयरधनीका लागि जारी गर्नेछ ।

हकप्रद सेयर निष्काशनका लागि बैंकले सिद्धार्थ क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

प्रोफेसनल दियालोलाई खरिद गरेर लक्ष्मी बैंकले माघ २ गतेदेखि एकीकृत कारोबार सुरु गरेको छ । जसपश्चात्, बैंकको चुक्तापुँजी तीन अर्ब १५ करोड ९० लाख ३० हजार तीन सय रुपैयाँ पुगेको छ । हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी छ अर्ब ३० करोड रुपैयाँ पुग्नेछ ।

यसबाहेक बैंकले गत वर्षको कमाईबाट लगानीकर्तालाई ३८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । हकप्रद भर्नेलाई पनि बोनस सेयर दिने भएकाले लगानीकर्ताले पाउने वास्तविक बोनस दर भने १८.२९ प्रतिशत मात्र हुन आउने बताईएको छ । उक्त बोनस सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी सात अर्ब ४६ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित मितिः २०७३ चैत १

वि.सं.२०७३ चैत १ मंगलवार १३:४४ मा प्रकाशित

You can share this post!

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...