back
NMB ad

१ लाख ४० हजार सेयरधनीलाई करिब १४ प्रतिशत बोनस र ६५ प्रतिशत हकप्रदको अवसर !

Kumari bank ad

काठमाडौ । मेगा बैंक नेपाल लिमिटेडले आर्थिक बर्ष २०७/७३ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई करिब १४ प्रतिशत लाभांश दिने भएको छ । बैंकको छैटौं साधारणसभाले बोनस सेयरका लागि लाग्ने कर समेत गरी १३.९५ प्रतिशत लाभांश पारित गरेको हो ।

साधारण सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम १३.२५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश व्यवस्था गर्ने निर्णय गरेको छ ।

‘आर्थिक बर्ष २०७२/७३ मा बैंकले आर्जन गरेको सञ्चित मुनाफाबाट बैंकको हालको चुक्ता पुँजीको १३.२५ प्रतिशत अर्थात ५३ करोड १६ लाख बोनस सेयर तथा सोको लागि आवश्यक करको निमित्त हालको चुक्ता पुँजीको ०.७० प्रतिशत अर्थात २ करोड ८० लाख नगद लाभांश साभारण सभाले पारित गरेको छ ।’, साधारणसभापछि बैंकका अध्यक्ष भोजबहादुर शाहले भने– ‘संचालनको छोटो अवधिमै यति मुनाफा दिनसक्नुलाई हामीले उपलब्धिका रुपमा लिएका छौं ।’ आफूले अघिल्लो बर्ष १० प्रतिशत भन्दा बढी लाभांश दिने प्रतिबद्धता गरेबमोजिम यस बर्ष बैंकले १३.९५ प्रतिशत लाभांश वितरण गर्न सफल भएकोमा खुसी लागेको उनले बताए ।

यसैगरी, साधारणसभाले ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय समेत गरेको छ । यो निर्णयले करिब एक लाख ४० हजार सेयरधनी लाभान्वित हुनेछन् ।

????????????????????????????????????
????????????????????????????????????

‘सञ्चालनको ६ वर्षमै निर्माण तथा हासिल गरिएको यो आधार अत्यन्त उपलब्धिमुलक एवं उत्साहजनक रहेको छ । विपन्न वर्ग तथा लघुवित्त अन्तर्गत बैंकले करिब २१ हजार ग्राहकहरुलाई कर्जा प्रदान गरिसकेको छ ।,’ अध्यक्ष शाहले भने–‘देशका ६३ जिल्लामा छरिएका १२१९ जना मध्यमवर्गीय संस्थापक शेयरधनीहरुले “हलोदेखि हाइड्रो” सम्मका ग्राहकहरुलाई लक्षित गरी“सम्पूर्ण नेपालीको बैंक” बनाउने उद्देश्यले स्थापना गरेको यस बैंकमा हाल सर्वसाधारण सेयरधनीहरुसहित करिब १ लाख ४० हजार सेयरधनीहरुको सहभागिताका साथै साविक पश्चिमाञ्चल डेभपलपमेण्ट बैंक लिमिटेडसंगको मर्जरबाट समेत बैंकको सञ्जाललाई थप व्यापक बनाएको छ ।’

अत्याधुनिक प्रविधिको प्रयोग र क्षमतावान कर्मचारीका कारण मेगा बैंकले उत्साहमुलक प्रगति हासिल गरेको मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिलकेशरी शाहले बताए । ‘बैंकले क्षेत्रीय कार्यालयको अवधारणालाई आत्मसात गर्दै लुम्बिनी क्षेत्र अन्तर्गतका शाखा कार्यालयहरु मतहतमा रहने गरी बुटवलमा क्षेत्रीय कार्यालय स्थापना गरेको छ । भविष्यमा अन्य क्षेत्रमा समेत आवश्यकता बमोजिम क्षेत्रीय कार्यालयहरु स्थापना गर्दै जाने नीति लिएको छ ।’, सिइओ शाहले भने– ‘देशका विभिन्न १० वटा स्थानहरुमा शाखा कार्यालयहरु विस्तार गर्नको निमित्त बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरिसकेको छ । शाखा स्थापनाको लागि आवश्यक कार्यहरु तालिका बमोजिम अघि बढिसकेका छन् । शाखा विस्तारपछि मेगा बैंकको सञ्जाल झन् सशक्त र व्यापक बन्ने विश्वास लिएको छु ।’

मेगा बैंकले स्थापनाको पहिलो बर्षदेखि नै निरन्तर नाफा गर्दै आएको छ । २०७१/७२ मा बैंकले ३४ करोड ६२ लाख रुपैयाँ खूद मुनाफा आर्जन गर्न सफल भएकोमा २०७२/७३ मा बढेर ५५ करोड १० लाख पुगेको थियो । सिइओ शाहका अनुसार, चालू आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासिक अवधिसम्म बैंकको कूल निक्षेप ७ अर्ब ७७ करोडले वृद्धि भई ३८ अर्ब ५२ करोड रुपैंया पुगेको छ भने खुद कर्जा ६ अर्ब ६५ करोडले वृद्धि भई ३४ अर्ब १ करोड रुपैंया पुगेको छ । दोस्रो त्रैमासिकमै बैंकले ३७ करोड ९ लाख खूद मुनाफा आर्जन गरेको छ ।

मेगा बैंकका अहिले ३९ वटा शाखा कार्यालयहरु, १ एक्सटेन्सन काउण्टर, ४७ वटा एटिएम मेसिनहरु तथा ५८ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु रहेका छन् । यसैगरी, बैंकको आफ्नै विप्रेषण प्रविधि “मेगारेमिट” को देशभर १४ सय भन्दा बढी प्रतिनिधिहरु रहेका छन् भने अन्य आन्तरिक तथा अन्र्तराष्ट्रिय विपे्रषण सेवा सहकार्यको संख्या २० पुगेको छ । यसैगरी, बैंकको ग्राहक संख्या २ लाख २४ हजार पुगेको छ ।

प्रकाशित मितिः २०७३ चैत ४

वि.सं.२०७३ चैत ४ शुक्रवार १३:४५ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...