काठमाण्डौं । डिप्रोक्स लघुवित्तले सोमबारदेखि एक सय रुपैंया अंकित मूल्यमा २५ लाख ७९ हजार २३८ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिंग रहेको छ ।
लघुवित्तको हकप्रद निष्काशन आगामी बैशाख १० गते बन्द हुनेछ । फागुन एक गतेसम्म सेयर खरिद गरेका लगानीकर्ताले मात्र लघुवित्तको हकप्रद भर्न पाउने छन् ।
लघुवित्तको हकप्रदमा नबिल इन्भेष्टको कार्यालय नक्साल, काठमाण्डौं तथा डिप्रोक्स लघुवित्तका सबै शाखाहरुबाट आवेदन दिन सकिनेछ ।
७ चैत २०७३, ११।००
वि.सं.२०७३ चैत ७ सोमवार ११:०१ मा प्रकाशित