back
NMB ad

बिजुक्छेंले गरे यस्तो भविष्यवाणी : के संभव होला त !

Kumari bank ad

भक्तपुर । नेपाल मजदुर किसानका पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नेपाली काँग्रेस र मधेशी दलहरु बीच सत्ता समिकरण हुन सक्ने बताएका छन् ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले अवको सत्ता समिकरणमा एमाले र एमाओवादी एकातर्फ हुने भन्दै नेपाली काँग्रेस र मधेशी दलहरु बीच सत्ताको समिकरण देखा पर्ने बताएका हुन् ।
स्थानिय तहको निर्वाचनमा बैदेशिक हस्तक्षेप नभए नेपालीको चाहना अनुरुप तोकिएको मितिमा हुने भन्दै उनले निर्वाचन बहिष्कार गर्ने अधिकार सबैमा भएता पनि सम्भव भएका स्थानमा निर्वाचन गरिनु पर्ने र बाँकि रहेको स्थानमा पछि निर्वाचन गर्न सकिने बताए ।
निर्वाचन आयोगले आचारसंहिता जारी गरेता पनि ठूला दलहरुले त्यसको पालना नगरेको भन्दै आचारसंहिता लागू गर्ने तर्फ निर्वाचन आयोगको ध्यान जानु पर्नेमा जोड दिए । सरकारमा सामेल दल देखि प्रतिपक्षले बिभिन्न बहानामा आचारसंहिता उल्लंघन गर्दा समेत निर्वाचन आयोगले केहि गर्न नसकेको टिप्पणी गरे ।
निर्वाचनको मुखमा जसरी स्थानिय निकायमा निर्वाचन अधिकृत खटाउने तयारी भएको छ, यसमा ठूलो मात्रामा आर्थिक चलखेल भएको भन्दै बिदेशि वा सत्तामा सामेल दलहरुले नै आफूले लाभ लिन आर्थिक चलखेल गरेको आरोप लगाए ।
सत्तामा सामेल भएको राप्रपाले सत्ताको दुरुपयोग गर्दै निर्वाचन आयोगको काममा प्रभाव पर्ने गरि सत्ता छाड्ने धम्कीपूर्ण भाषा प्रयोग गर्नु गलत भएको भन्दै सरकारले निर्वाचन आयोगलाई प्रभावमा झेल्ने भन्दा पनि स्वतन्त्रपूर्ण निर्वाचन आयोगलाई काम गर्न दिनु पर्नेमा उनको जोड थियो ।
धार्मिक सद्भाव कायम राख्न राजनीतिबाट धर्मलाई अगल राख्नु पर्ने भन्दै उनले राप्रपालाई चुनाव चिन्ह गाई दिन नहुने बताए ।
निर्वाचन र संबिधान संसोधन एकै समयमा हुने नसक्ने भन्दै पहिलो निर्वाचन गरिनु पर्ने र तत्पश्चात संसोधनको बिषयलाई संसद पेश गरि छलफल गरिनु पर्ने भन्दै बिभिन्न दलहरुले संसोधन राखेको उनले बताए ।
प्रचण्डको चीन भ्रमण काँग्रेस र एमाओवादीको सत्तासाझेदारी सकिँदै गर्दा हुने लागेको र नेपालीले पनि यो भ्रमणमा केही नयाँ आश गरेको बताउँदै उहाँले सत्ता लम्बाउन समेत यो भ्रमणले सहयोग गर्न सक्ने उहाँको भनाइ छ ।

वि.सं.२०७३ चैत ७ सोमवार ११:२१ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...