back
NMB ad

उपत्यकामा फेरि थपिए २० ठूला बस, साना निलो माइक्रो बिस्थापित हुने

Kumari bank ad
काठमाण्डौं । लामो समयदेखिको निलो/हरियो रंङको साना माइक्रोबसको एकाधिकार रहेको माकलबारी क्षेत्रमा समेत ठूला बस भित्रिएका छन्। जय बाबा गोकर्णेश्वर नाममा यो क्षेत्रमा २० ठूला बस चल्न लागेका हुन्।
मंगलबार विशेष कार्यक्रम गरेर बस सेवा सुरु गर्ने कम्पनी अध्यक्ष चन्द्रबहादुर श्रेष्ठले बताए। यी बस माकलबारीलाई केन्द्र बनाएर बिभिन्न रुटमा चल्नेछन्। माकलबारीबाट गौरीघाट र जोरपाटी दुइवटा बस चल्ने श्रेष्ठले जानकारी दिए।
१० वटा बस माकलबारीबाट नारायणटार-गौरीघाट-मित्रपार्क-गौशाला हुँदै कोटेश्वर पुगेर चक्रपथ परिक्रमा गर्ने र चावहिलबाट पुन: मित्रपार्क आएर सोही रुटबाट फर्कने छन्। बाँकी बस भने माकलबारीबाट नारायणटार-जोरपाटी-बौद्ध-चाबहिल-धुम्बाराही हुँदै चक्रपथ परिक्रमा गर्ने र फेरि चावहित पुगेर सोही रुटबाट माकलबारी फर्कनेछन्।  थप पाँचवटा बस समेत तत्काल थपिने कम्पनीले जनाएको छ। ती गाडी चलाउन फाइनान्सिङको काम भइ रहेको र साता भित्र सञ्चालनमा ल्याइ सक्ने जनाइएको छ।
ड्राइभर सहित ३५ सिट क्षमताका बसमा निशुल्क वाइफाइ सुविधा हुने कम्पनीले जनाएको छ। अरु बस भन्दा फराकिलो रहेको कारण उभिएर यात्रा गर्न समेत सहज हुने अध्यक्ष श्रेष्ठले बताए। सिट पनि अरु गाडीभन्दा सुविधायुक्त रहेको श्रेष्ठको दावी छ।
नारायणटार देखि माकलबारी सडकखण्डमा यसअघि ग्याँसबाट चल्ने ३५ बढी निलो रंङका माइक्रोबस चल्दै आएका थिए। यी माइक्रोबस बाग्मती किनारको रुटबाट नारायणटार-गौरीघाट-मित्रपार्क-गौशला-पुरानोबानेश्वर-मैतीदेवी-पुतलीसडक हुदै रत्नपार्क जान्छन्।
स्थानीयबासीले कामबाट बेलुका घर फर्कंदा माकलबारी जाने गाडी नपाइने गुनासो गर्दै आएका थिए। निलो माइक्रोबस चलाउँदै आएका यातायात व्यवसायीले भने ठूला बसको बिरोध गरेका छन्। आफुहरुसँग छलफल नै नगरि ठूला बस हालेर विस्थापित गर्न खोजेको उनीहरुको आरोप छ।
७ चैत २०७३, ११।००

वि.सं.२०७३ चैत ७ सोमवार १२:०३ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...