back
NMB ad

सिम्रिकको काठमाडौँ–भरतपुर–काठमाडौँ उडान सुरु

Kumari bank ad

चितवन । सिम्रिक एयरले आजदेखि काठमाडौँ– भरतपुर–काठमाडौँका लागि उडान सुरु गरेको छ ।

बिहान ९ः५५ मा काठमाडौँबाट भरतपुरका लागि उडेको सिम्रिकको नाइन एन एजिआई विमान बिहान १०ः२० मा भरतपुर विमानस्थलमा अवतरण भएको भरतपुर विमानस्थलका प्रमुख शिव शर्मा उपाध्यायले जानकारी दिए । सिम्रिकसँगै काठमाडौँ–भरतपुर–काठमाडौँ उडान भर्ने एयरलाइन्सको सङ्ख्या तीन पुगेको छ ।

सिम्रिकको १८ सिटको सो जहाजले १५ जना यात्रु ल्याएको थियो भने फर्कँदा आठ जना लिएर गएको छ । सिम्रिकका भरतपुर स्टेसन प्रमुख कुलराज शर्मा पौडेलले आजदेखि काठमाडौँ–भरतपुर–काठमाडौँ नियमित उडान गरिने बताए । अन्य जहाजकै भाडादरमा एकतर्फी रु तीन हजार ५०० मा सिम्रिकले पनि उडान सुरु गरेको हो । भरतपुरबाट काठमाडौँका लागि दैनिक बुद्ध एयरले छ र यती एयरलाइन्सले तीन उडान गर्दै आएका छन् ।

नारायणगढ–मुग्लिन सडक खण्डमा मर्मतका कारण दिउँसो लामो समय बन्द हुने र सवारी जाम हुने भएपछि अधिकांश यात्रुले हवाई मार्ग प्रयोग गर्दै आएका छन् । विमानस्थलका प्रमुख उपाध्यायका अनुसार गत माघ १९–फागुन १७ गतेसम्म सात हजार सात सय ८२ जना हवाई मार्ग प्रयोग गरी काठमाडौँ गएका छन् । अघिल्लो वर्ष सोही समयमा तीन हजार सात सय ३४ जनाले मात्र हवाई मार्ग प्रयोग गरेका थिए । सिम्रिकले यात्रुको चाप निकै बढेपछि आफ्नो उडान भरतपुरमा सुरु गरेको हो ।

९ चैत २०७३

वि.सं.२०७३ चैत ९ बुधवार १३:११ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...