back
NMB Ad

अछामको बुढिगंगामा जलयात्रा सम्भाव्यता अध्ययन

अछाम । अछाम जिल्लाकोे बुढिगंगा नदिमा पहिलो पटक सम्भाव्यता अध्ययनका लागि जल यात्रा गरिएको छ । मष्टो आउटडोर्स प्रालिको आयोजनामा जलयात्रा गरेर सम्भाव्यता अध्ययन गरिएको हो ।

साँफेबगरको पक्की पुलदेखि, बैजानाथ धाम, जिउराडी हँुदै चित्रे पुलसम्म टोलिले जलयात्रा गरेको थियो । ‘अछाम जिल्लाको बुढीगंगा नदीमा जलयात्राको प्रचुर सम्भावना रहेको छ, ‘सम्भाव्यता अध्ययनको नेतृत्व गरेका पर्यटन ब्यवसायी रमेशबहादुर कुँवरले भने जल यात्राका माध्यमले स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न सकिन्छ । सम्भाव्यता अध्ययन पूर्णरुपमा सफल भएको भन्दै उनले निकट भविष्यमै व्यवसायिक रुपमा बुढीगंगा नदीमा जलयात्रा संचालन गरिने बताए ।

उक्त सम्भाव्यता अध्यनमा सहभागि नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष वेदप्रकाश तिमिल्सैनाले भने ‘अछाम जिल्लामा रहेको जल यात्राको प्रचुर सम्भावना रहेछ अव यसको प्रवद्र्धन गर्न सवैले हातेमालो गर्न जरुरी छ । यस्ता गतिबिधि बढाउन स्थानीय सरकारले माष्टर प्लान बनाएर अगाढी बढ्न जरुरी छ ।
अछाम जिल्लामा बाह्य र आन्तरिक पर्यटन प्रबद्र्धनका लागि जल यात्रा पनि महत्वपुर्ण देखिन्छ । चार घण्टा लामो जल यात्राका दौरान आफूहरु निकै रोमाञ्चित भएको सहभागिहरुले बताएका थिए । जल यात्रा सम्भाव्यता टोलिमा रेडियो रामारोशनका अध्यक्ष एकिन्द्र कँुवर, कार्यकारी निर्देशक वेदप्रकाश तिमिल्सैना, अन्य संञ्चारकर्मि, स्थानियको सहभागिता रहेको थियो ।
चैत ९ २०७३

वि.सं.२०७३ चैत ९ बुधवार १२:५९ मा प्रकाशित

You can share this post!

‘सिएसआर’को रकम सबै प्रदेशमा कम्तिमा १० प्रतिशत खर्च गर्नैपर्ने, राष्ट्र बैंकले जारी गर्यो यस्तो निर्देशन   

‘सिएसआर’को रकम सबै प्रदेशमा कम्तिमा १० प्रतिशत खर्च गर्नैपर्ने, राष्ट्र बैंकले जारी गर्यो यस्तो निर्देशन   

वि.सं.२०८१ चैत ३ सोमवार २०:५४

काठमाडौँ : वाणिज्य बैङ्क तथा राष्ट्रियस्तरका वित्तीय संस्थाले आफ्नो संस्थागत...

ग्लोबल मनी विक – २०२५: वित्तीय साक्षरता अभियान आजदेखि सुरु

ग्लोबल मनी विक – २०२५: वित्तीय साक्षरता अभियान आजदेखि सुरु

वि.सं.२०८१ चैत ३ सोमवार १७:४८

काठमाडौं।  आजदेखि ‘ग्लोबल मनी विक – २०२५’ अभियान सुरू भएको...

सन नेपाल लाइफ इन्स्योरेन्सलाई २७ प्रतिशत हकप्रद सेयर बिक्रीको अनुमति

सन नेपाल लाइफ इन्स्योरेन्सलाई २७ प्रतिशत हकप्रद सेयर बिक्रीको अनुमति

वि.सं.२०८१ चैत ३ सोमवार १७:३५

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्सले २७ प्रतिशत हकप्रद सेयर बिक्री...

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता डा. डिल्लीराम पोख्रेलद्वारा जिम्मेवारी हस्तान्तरण

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता डा. डिल्लीराम पोख्रेलद्वारा जिम्मेवारी हस्तान्तरण

वि.सं.२०८१ चैत ३ सोमवार १७:२५

काठमाडौं। नेपाल राष्ट्र बैंकका सहप्रवक्ता तथा सूचना अधिकारी डा. डिल्लीराम...

 मनाङबाट ४६ विद्यार्थीले एसइई दिने   

 मनाङबाट ४६ विद्यार्थीले एसइई दिने   

वि.सं.२०८१ चैत ३ सोमवार १७:०६

मनाङ : मनाङमा ४६ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने...

क्रेष्ट माइक्रो लाइफको आईपीओ भोली बाँडफाँड हुने, आईपीओ हात पार्न भाग्यकै भर

क्रेष्ट माइक्रो लाइफको आईपीओ भोली बाँडफाँड हुने, आईपीओ हात पार्न भाग्यकै भर

वि.सं.२०८१ चैत ३ सोमवार १६:४३

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ भोली मंगलबार बाँडफाँड...