back
NMB ad

बैंकको सात लाख ५२ हजार एक सय ५१ कित्ता सेयर फेरि बिक्रीमा

Kumari bank ad

काठमाण्डौं । सेवा विकास बैंकले यसअघि निष्काशन गरेको १२० प्रतिशत हकप्रदमा बिक्री नभएको संस्थापक सेयर लिलामी खोल्दा पनि भारी मात्रामा नबिकेपछि फेरी लिलामी हुने भएको छ । बैंकले यसअघि निकालेको संस्थापक समूहको सेयर लिलामीमा सात लाख ५२ हजार एक सय ५१ कित्ता बिक्री नभएपछि उक्त सेयर चैत २४ गतेदेखि ३० गतेसम्म शिलबन्दी बोलपत्र मार्फत उक्त सेयर फेरी बेच्न लागेको हो ।

सेवाले लिलामीमा राखेको संस्थापक हकप्रद सेयरमा बोलपत्र पेश गर्न ईच्छुकले लगानीकर्ताले बैंकको बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी नक्साल र सेवा विकास बैंकको केन्द्रिय कार्यालय बुटवलबाट शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

आवेदन गर्दा लागि न्यूनतम एक सय रुपैँया बढि अंकित मूल्य राखेर न्यूनतम एक हजार कित्ता वा दश कित्ताको गुणांकमा शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने हुन्छ । बोलपत्र क्यापिटलले चैत ३१ गते दिउँसो ४ बजेबाट बोलकबोल क्यापिटलको कार्यालयमा खोल्नेछ । बोलकबोल मार्फत सेयर प्राप्त गर्न नसक्ने लगानीकर्तालाई बैशाख ५ गतेबाट रकम फिर्ता गर्ने जनाएको छ ।

१० चैत २०७३, १०।००

वि.सं.२०७३ चैत १० बिहीवार १२:१० मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...