back
NMB ad

ढोरपाटनमा बढ्यो सिकारको दर, सिकारीलाई महँगो !

Kumari bank ad

बागलुङ । ढोरपाटन सिकार आरक्षमा सिकारको दरमा वृद्धि आएको छ ।

गत सिकार याम (असोज–मङ्सिर)मा रु दुई लाख ५० हजार रहेको दर अहिले बढेर रु १३ लाख पाँच हजारसम्म पुगेको छ । सिकार एजेन्सीले चालु सिकार याममा एउटा झारल सिकारको रु १३ लाख पाँच हजार र नाउरको रु आठ लाख ७५ हजार राजस्व तिरेका छन् ।

सिकार गराउने एजेन्सीबीचको बढ्दो प्रतिस्पर्धाका कारण राजस्वको दर बढेको सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।

दुई वर्षअघि एउटा झारल सिकारको दर रु नौ लाख ३१ हजारसम्म पुगेको थियो । यस याममा झारल सिकारको दर अहिलेसम्मकै उच्च हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले तोक्ने कोटा र मागबीचको अन्तरले पनि दर बढ्ने गरेको छ ।

“माग बढी र सिकारको कोटा कम हुँदा हुने सिकार एजेन्सीबीचको प्रतिस्पर्धाले राजस्वको दर बढ्ने गर्छ,” बरालले भने  “यस याममा तीनवटा झारलको मात्र सिकार अनुमति दिइएकाले बोलपत्र आह्वानमा बढी प्रतिस्पर्धा भयो ।” अघिल्लो सिकार याम (असोज–मङ्सिर) मा सातवटा झारलको कोटा निर्धारण गरिए पनि सिकारको माग कम हुँदा दर पनि घटेको थियो ।

विभागले विद्युतीय बोलपत्र आह्वान गरेर छानिएका सिकार ऐजन्सीलाई मात्र सिकारको अनुमति दिने गरेको छ । ती एजेन्सीले आरक्षका विभिन्न ‘ब्लक’ मा पुगेर विदेशी सिकारीलाई नाउर र झारलको सिकार गराउने गरेका छन् । सिकारको दरमा आउने परिवर्तनले राजस्व सङ्कलनमा पनि घटबढ ल्याउने गरेको छ । यस वर्षको पहिलो सिकार याम (असोज–मङ्सिर) मा रु ३३ लाख ६८ हजार ९०० राजस्व सङ्कलन भएको छ ।

चालु सिकारयाम (फागुन–वैशाख) मा नाउर र झारलको सिकार अनुमतिबाट रु एक करोड १३ लाख ८५ हजार राजस्व सङ्कलन भएको छ । यस याममा १० नाउर र तीनवटा झारलको सिकार अनुमति दिइएको छ । विभिन्न सिकार एजेन्सीमार्फत ढोरपाटन पुगेका विदेशी सिकारी अहिले सिकारमा व्यस्त छन् ।

आउँदो वैशाख दोस्रो सातासम्म चल्ने सिकारमा नेपाल वाइल्ड लाइफ सफारी, हिमालयन सफारी प्रालि, ग्लोबल सफारी प्रालि र ट्र्याक एन्ड टे«ल्र्स प्रालिले सिकार गराउनेछन् । सिकारका लागि यस वर्ष पनि अमेरिका, रुस, स्पेनलगायत मुलुकबाट तालिमप्राप्त सिकारी ढोरपाटन पुगेका छन् । सबैजसो सिकारी हेलिकप्टरमार्फत आरक्ष पुगेर सिकार खेल्ने गरेको आरक्ष कार्यालयले जनाएको छ ।

एउटा सिकारीले वन्यजन्तुको सिकारमा रु २५ लाखदेखि रु ३० लाखसम्म खर्च गर्ने गरेको छ । आरक्षको फागुने, वार्षे, सेङ, दोगाडी, घुस्तुङ र सुनदह ब्लकमा सिकार खेल्ने गरिएको छ । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको रोजाइमा पर्छ ।

१६ चैत २०७३

वि.सं.२०७३ चैत १६ बुधवार १३:१८ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...