back
NMB ad

एकजना चिनियाको मृत्युपछि अवस्था तनावग्रस्त !

Kumari bank ad

चिनियाँमूलका एकजना स्थानीय बासिन्दा प्रहरीद्वारा मारिएपछि राजधानी पेरिस तनावग्रस्त बनेको छ । फ्रान्समा रहेका चिनियाँ आप्रवासीहरु तथा चीन सरकारले समेत फ्रान्सेली प्रहरीको यस्तो रबैयाप्रति कडा आपत्ति जनाएका छन् ।

सरकारी विरोधी प्रदर्शनको दोश्रो दिन गतः मङ्गलबार राति पेरिसको उत्तरपूर्वी इलाकामा ठूलो सङ्ख्यामा चिनियाँ मूलका फ्रान्सेलीहरु भेला भै प्रहरी–अत्याचारको घोर विरोध गर्दै हिंसात्मक प्रदर्शनीमा उत्रेका छन् ।

प्रदर्शनकारीहरुले यस घटनाको उच्चस्तरीय कूटनीतिक अनुसन्धान गरिनु पर्ने र हत्यारा प्रहरीलाई कडा से कडा सजायँ दिइनु पर्ने माग समेत राखेका छन् ।

गतः आइतबार साँझ, चिनियाँ मूलका एकजना पेरिसवासी – ५६ बर्षीय साओयो लिउलाई उनी बस्ने अपार्टमेन्टमा पुगेर फ्रान्सेली प्रहरीले गोली हानी मारि दिएपछि फ्रान्सवासी सम्पूर्ण चिनियाँहरु आक्रोशित भै घटनाले सोच्दै नसोचेको उग्ररुप लिन पुगेको जनाइएको छ ।

घटनाको शुरुवाति र उत्पन्न कारणको सम्बन्धमा स्थानीय बासिन्दा, प्रदर्शनकारी तथा सरकारको आ–आफ्नै भनाई र दावी रहेको छ । मृतक लिउले नशाको सुरमा प्रहरीलाई बिना कारण ठूलो र धारिलो हतियारले प्रहार गरी मार्ने प्रयास गरेकाले आत्मरक्षाका लागि प्रहरीले गोली चलाउँदा दुर्भाग्यपूर्वक उनको मृत्यु हुन पुगेको, प्रहरीले जानाजानी मारेको होइन भन्ने सरकारी पक्षको भनाई रहेको छ ।

स्थानीय बासिन्दा तथा मृतकका आफन्तहरुले भने सरकारको यस्तो भनाई प्रति आपत्ति जनाएका छन् । आफ्नो घरभित्र बालबच्चा तथा परिवारजनसँगसँगै बसी रमाइलो गर्दै बेलुका पकाएर खाने माछाको तरकारी मामूली कैंचीले काटिरहेको अवस्थामा प्रहरी जबर्जस्ती घरभित्र घुसेर अकस्मात् ताकेरै गोली हानी लिउको जानाजानी हत्या गरेको, लिउको हातमा कुनै ठूलो र धारिलो हतियार पनि थिएन, कसैलाई कुनै चोट पनि पु¥याएको थिएन, प्रहरीले नै उनको ठाडो र निर्मम हत्या गरेको भन्छन् उनीहरु ।

अत्यन्त आक्रोशित प्रदर्शनकारीहरुद्वारा गतः सोमबार राति पेरिसमा गरिएको हिँसात्मक विरोध प्रदर्शनले भयानक रुप लिएको, घण्टौंसम्म भएको झडपमा तीनजना प्रहरी अधिकारीहरु नराम्ररी घाइते भएका, जथाभावी ढुङ्गा,मुडा गरिएको, सार्वजनिक सम्पत्ति तोडफोड गरिएको, यातायात अवरुद्ध पारिएको र सडकमा गुडि रहेका थुप्रै गाडीहरु आगजनी गरिएकाले आइतबार सोमबार समेत दुई दिनमा ७५ जनाभन्दा बढी प्रदर्शनकारीहरुलाई पक्राउ गरिएको प्रहरी श्रोतले जनाएको छ ।

फ्रान्समा बसोबास गर्दै आउने एसियाली आप्रवासीहरुको संख्यामध्ये चिनियाँहरुको सङ्ख्या नै सबभन्दा बढी रहेको जनाइन्छ । करिब छ करोड साठी लाख जनसङ्ख्या रहेको फ्रान्समा बीस लाख जति चिनियाँ आप्रवासी तथा चिनियाँ मूलका पुराना बासिन्दा स्थायी बसोबास गर्दै आएका छन् ।
जनसङ्ख्याको यो हिस्साले आफूहरुलाई फ्रान्सेली रैथाने बासिन्दा र सरकार समेतले जहिले पनि थिचोमिचो र अन्याय गरिरहने, विदेशी हरिकङ्गालहरु भनी हेप्दै बारम्बार घृणा र अवहेलना गरिरहने, सरकारले पनि कहिल्यै कुनै सामाजिक संरक्षण उपलब्ध नगराउने चीरपरिचित पुरानै गुनासो दोहो¥याउँछन् उनीहरु ।

यता, चीन सरकारले बेइजिङ्गस्थित फ्रान्सेली राजदूतावाससँग उक्त घटनाको कारण र मानव क्षतिका सम्बन्धमा स्पष्टिकरण मागेको छ ।

चीनले फ्रान्सेली सरकारसँग उक्त घटनाको गहिराइसम्म पुगी छानबीन गर्न र चिनियाँ नागरिकले विश्वको जुनसुकै कुनामा शान्तिपूर्ण मार्गबाट आफ्ना भावना र आकाङ्क्षाहरु ब्यक्त गर्न पाउनु पर्ने माग गरेको चिनियाँ बिदेश मन्त्रालयका प्रवक्ता ह्वा चुन्यिङगले जानकारी दिए । रासस ÷एपी

प्रकाशित मितिः २०७३ चैत १६

वि.सं.२०७३ चैत १६ बुधवार १२:५६ मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...