back
NMB ad

अन्तर्राष्ट्रिय सङ्गीत सम्मेलन काठमाडौमा सुरु

Kumari bank ad

काठमाडौ । ‘सङ्गीत शिक्षाको सांस्कृतिक विविधतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ आजदेखि यहाँ सुरु भएको छ । नेपालको सङ्गीत शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल म्युजिक ट्रस्ट र हेसिक्ङ विश्वविद्यालय नेदरल्यान्ड्सको संयुक्त आयोजनामा भएको सम्मेलनको वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले उद्घाटन गर्दै अन्य शिक्षाजस्तै सङ्गीत शिक्षाको पनि आवश्यकता रहेको बताए ।
उनले नेपालमा रहेका विविध प्रकार सङ्गीतलाई जोगाइराख्नुपर्नेमा जोड दिए ।

हेसिक्ङ विश्वविद्यालयका प्रा हाइठी ओस्टरल्यान्डले नेपाल सांस्कृतिक विविधताको देश रहेकाले यहाँ सङ्गीतका धेरै कुरा सिक्न सकिने बताए । ट्रस्टका सदस्य सचिव सन्तोष शर्माले सम्मेलनले नेपालको सङ्गीत शिक्षालाई अगाडि लैजान सहयोग पु¥याउने बताए ।

सम्मेलनमा नेपालसहित जापान, चीन, नेदरल्यान्ड्स, सिङ्गापुर, डेनमार्क, भारत, फिनल्यान्डलगायत १६ देशका एक सय ३० सङ्गीतविज्ञ र प्राध्यापकको सहभागिता छ । चार दिनसम्म चल्ने सम्मेलनमा विदेशका ६० र नेपालका ५० कार्यपत्र प्रस्तुत गरिने छ । रासस

प्रकाशित मितिः २०७३ चैत १६

वि.सं.२०७३ चैत १६ बुधवार १५:४२ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...