back
NMB ad

९७ हजार पाँच सय २६ कित्ता सेयर, २४ गतेसम्म मात्र किन्न पाइने

Kumari bank ad

काठमाण्डौं । सप्तकोशी डेभलपमेन्ट बैंकले शुक्रबारदेखि ९७ हजार पाँच सय २६ कित्ता सेयरमा शिलबन्दी बोलपत्र आह्वान गरेको छ । बैंकले शुक्रबार अर्थात चैत १८ गतेदेखि संस्थापकतर्फ ५६ हजार सात सय कित्ता तथा सर्वसाधारणतर्फको ४० हजार आठ सय २६ कित्ता सेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो ।

बैंकले पुस २४ गते देखि फागुन १ गते सम्म १० लाख कित्ता हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामीमा बिक्री गर्न लागेको हो । बैंकको सेयर विक्री प्रवन्धक एनएमबि क्यापिटल रहेको छ ।

मोरङको बिराटनगरमा मुख्य कार्यालय रहेको बैंकको लिलामी सेयरमा आवेदन गर्न इच्छुक लगानीकर्ताले बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक तथा सप्तकोशी डेभलपमेन्ट बैंक विराटनगरबाट चैत २५ सम्म सेयर लिलमी आवेदन फारम प्राप्त गर्न र बुझाउन सक्नेछन् ।

ईच्छुक लगानीकर्ताले न्यूनतम एक सय कित्ता देखि अधिकतम कित्ताका लागि आवेदन गर्न सक्नेछन् । आवेदन गर्दा एक सय रुपैँयाभन्दा माथि मूल्य अंकित गरी १० कित्ताको गुणांकमा आवेदन गनुपर्नेछ । धेरै मूल्यमा आवेदन गर्ने आवेदकलाई प्राथमिकता दिएर सेयर बाँडफाँड गरिनेछ । बोलपत्र चैत २७ गते दिउँसो ३ बजे संस्थापक समूहको र ४ बजे सर्वसाधारण समूहको क्यापिटलमा खोलिनेछ ।

२० चैत २०७३, ७।००

वि.सं.२०७३ चैत २० आइतवार ०७:१७ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...