back
NMB ad

चुनावमा उठ्न तीन शिक्षकले दिए राजीनामा

Kumari bank ad

झापा । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको बहुप्रतिक्षित निर्वाचनमा उम्मेदवार बन्ने लक्ष्यका साथ झापामा दुई प्रधानाध्यापकसहित तीन जना शिक्षकले जागिर छाडेका छन्।

शिक्षा नियमावली र ऐनले राजनीति र शिक्षण पेसा एकसाथ अपनाउन नपाइने व्यवस्था गरेपछि राजनीतिमा होमिने प्रस्ट लक्ष्यका साथ उनीहरूले जागिरबाट हालै राजीनामा दिएका हुन्।

राजीनामा दिनेमा अर्जुनधारा नगरपालिकाको शिवनारायण प्राविकी प्रधानाध्यापक सरस्वती सिटौला, बुद्ध आधारभूत विद्यालय घेराबारीका प्रधानाध्यापक कालिन्द्रसिंह राजवंशी र शिवसताक्षी नगरपालिका–६ मा रहेको जनआदर्श माविका शिक्षक लोकबहादुर रोक्का रहेका छन्।

उनीहरूमध्ये सिटौला र राजवंशी नेपाली काँग्रेस र रोक्का नेकपा ९एमाले० बाट उम्मेदवार बन्न लागेको खुलस्त बताउँछन्। ुमेरो पहिलेदेखि राजनीति तथा सामाजिक सेवा गर्ने धोको थियोु, प्रधानाध्यापकको जागिर छाडेर राजनीतिमा होमिएकी सिटौलाले भने– ुअब पूर्णकालीन राजनीतिमा लाग्ने अठोट बोकेकी छुँ।ु

उनी काँग्रेस पार्टीबाट अर्जुनधारा नगरपालिकाको मेयर पदको उम्मेदवार बन्ने तयारीमा जुटेकी छिन्। जागिर छाडेर आएकी हुँदा पार्टीबाट मेयरको टिकट पाउने उनको आशा छ।

त्यसैगरी शिक्षक लोकबहादुर रोक्का शिवसताक्षी नगरपालिका–६ को वडाध्यक्ष पदमा नेकपा ९एमाले० बाट उम्मेदवार बन्ने तयारी गर्दैछन्।

छब्बीस वर्ष शिक्षण पेसामा बिताएका ५२ वर्षे रोक्का भन्छन्– ुपार्टीले वडाध्यक्षको उम्मेदवार बन्न टिकट दिन्छ भन्ने विश्वास छ, चुनाव लड्छु।ु

यसैगरी, कचनकवल गाउँपालिकामा नेपाली काँग्रेस पार्टीबाट अध्यक्ष उम्मेदवारको आकांक्षी बनेका राजवंशीले पनि राजीनामा दिएका छन्।

विद्यार्थी जीवनदेखि नै राजनीतिमा क्रियाशील उनलाई पार्टीले गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार बनाउँछ भन्नेमा विश्वास छ। उनी भन्छन्– ुपार्टीभित्र थुप्रै आकांक्षी हुनुहुन्छ, जागिर नै छाडेर आएको हुँदा मेरो मूल्याङ्कन हुन्छ जस्तो लाग्छ।ु

तिनै जना शिक्षकको राजीनामा स्वीकृत भइसकेको जिल्ला शिक्षा कार्यालयका अधिकृत दिनेश आचार्यले बताए।

२२ चैत २०७३, रासस, ११।००

वि.सं.२०७३ चैत २२ मंगलवार ११:२४ मा प्रकाशित

You can share this post!

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४९

काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा ग्राहकहरूले...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४१

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउमा गिरावट आएको...

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:३३

काठमाडौँ, १७ वैशाख : विगत केही दिनदेखि देशका अधिकांश भू–भागको...

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल ग्रीन आवास कर्जा’, स्थिर ब्याज दरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल ग्रीन आवास कर्जा’, स्थिर ब्याज दरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:२७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा...

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:१६

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा...

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...