back
NMB ad

हिमालय एअरलाईन्सले बेशाख १५ देखि दुुबई उडान गर्ने

Kumari bank ad

काठमाडौ। हिमालय एअरलाईन्सले आगामी वैशाख १५ गतेदेखि काठमाण्डौँ–दुबई–काठमाण्डौँमा प्रत्यक्ष उडान शुरु गर्ने भएको छ । दोहा, क्वालालम्पुरर याङगुनको नियमित उडान पछिदुबई, हिमालय एअरलाईन्सको नयाँ उडान गन्तव्य हुनेछ ।

दैनिक सेवाको सुरुवात सँगै हिमालय एअरलाईन्सले तिन वटा एअरबस ए–३२०–२१४ मध्थे एउटा एअरबस यस मार्गमा सच्चालन गर्ने छ । जसमा ८ वटा विजनेस क्लास र १५० वटा इकोनोमीक्लास नियमित आधारमा विभाजित गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार काठमाडौंबाट एच ९५५७मार्फत विहान १०ः४०मा उडान गर्नेछ र दुबईमा १ बजेर २५ मिनेटमा अवतरण गरिने छ । साथै, दुबईबाट स्थानीय समयम २ बजेर २५ मिनेटमा उडान गरेर काठमाडौंमा ८ बजेर २० मिनेटमा अवतरण गर्ने कम्पनीले जनाएको छ । अहिलेसम्म नियमित उडान तालिकाको अभिलेखनुसार एअरलाईन्सको उडान तालिका औसत उचाई माथि छ र त्यही स्तरको विश्वसनीयता र नियमिततालाई निरन्तरता दिने उदेश्य राखिएको छ ।

उक्त एअरलाईन्सले काठमाण्डौ(दुबर्ई(काठमाण्डौको लागी टिकटदर २४ हजार ८२७(राउण्ड ट्रिप) र दुबई–काठमाण्डौ–दुबईको लागी शुरुवाती टिकटदर एइडी ३५० कायम गरेको कम्पनीले जनाएको छ । उक्क्त दरमा सरकारी कर समावेश गरिएको छैन ।

हिमालय एअरलाईन्सका उपाध्यक्ष विजय श्रेष्ठ भन्छन् “दुबई, पर्यटन र व्यापार यात्राको लागी सबैभन्दा रोमान्चक गन्तव्यहरु मध्थे एक हो । हामी हाम्रा यात्रुवर्गहरुलाई प्रतिस्पर्धी विकल्प उपलब्ध गराउने कुरामा गर्वको अनुभुति गर्दछौ । हामीआशावादी छौ, हाम्रो नयाँ उडान क्षेत्र मार्फत नयाँ यात्रुहरु आगमन भई नेपालको अर्थव्यवस्थामा योगदान पुर्याउनुका साथै एकै समयमा दुबै आगमन र बहीगर्मन यात्राको लागी राम्रो बजार हुनेछ ।”

प्रकाशित मितिः २०७३ चैत २४

वि.सं.२०७३ चैत २४ बिहीवार १८:२९ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...