back
NMB ad

अप्टिकल फाइवर विछ्याउन स्मार्ट टेलिकम अयोग्य, पुनः टेण्डर

Kumari bank ad

काठमाडौं। नेपाल दुरसञ्चार प्राधिकरण (एनटीए)ले अप्टिकल फाइबरमार्फत सूचना महामार्ग निर्माण गर्न माग गरेको पछिल्लो आवेदनमा स्मार्ट टेलिकम छनोट हुन सकेन । मध्यपहाडी लोकमार्गलाई आधार बनाएर सूचनाको महामार्ग बनाउन प्राकिरणले मागेको ६ र ७ नं प्रदेशको प्रस्तावमा स्मार्ट टेलिकमले मात्रै आवेदन दिएको थियो ।

तर, यो प्रस्तावमा स्मार्टको एक्लो आवेदन परेको भएपनि यसले आवश्यक मापदण्ड पूरा गर्न नसकेका कारण प्राधिकरणले पुनः प्रस्ताव आव्हान गरेको छ । देशका ७५ वटै जिल्ला सदरमुकाम जोड्ने तीब्र गतिको ब्रोडव्याण्ड इन्टरनेट पुर्याउँन प्राधिकरणले ६ र ७ नं प्रदेशकका लागि एक महिना पहिले सार्वजनिक प्रस्ताव मागेको थियो ।

यो प्रस्तावबाट कुनैपनि कम्पनी छनोट नभएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद आर्यालले बताए । यस अघि १ देखि ३ नम्बर प्रदेशको जिम्मा टेलिकमले र ४ र ५ को जिम्मा भने युटीएलले पाइसकेका छ । टेलिकमले करिब पौने ५ अर्ब र युटीएलले २ अर्बमा सूचना महामार्ग बनाउने जिम्मा पाएका छन् ।

६ र ७ प्रदेशको लागि करिब पौन चार अर्ब रुपैयाँको सीमाभित्र रहेर जसले कम कबोल गर्छ उसैलाई छनोट गर्ने पनि प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार यो महामार्गको काम पनि विभिन्न जिल्ला सदरमुकाबाट सो जिल्लाको हरेक सामूदायिक विद्यालय, स्वास्थ्य चौकी र गाउँपालिकासम्म इन्टेरनेट पुर्याउन भने पुनः प्रस्ताव माग हुने भएको छ ।

अहिलेसम्म जिल्ला सदरमुकामबाट गाँउसम्म पुर्याउने काममा भूकम्प प्रभावित ११ जिल्ला मात्रै छनोट भएको उल्लेख छ । अन्नपूर्ण पोस्टबाट

प्रकाशित मितिः २०७४ बैशाख २

वि.सं.२०७४ वैशाख २ शनिवार १२:२० मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...