back
NMB ad

एनओसी र आईसोसीबीच विवाद भए सिंगापुर अदालतले फैसला गर्ने

Kumari bank ad

काठमाडौं । इन्धन ढुवानीका क्रममा आयल निगम र भारतीय आयल निगम (आइओसी) बीच विवाद भए सिंगापुर अदालतले फैसला गर्ने भएको छ। आपूर्ति मन्त्रालयका अनुसार विवादरहित समाधान गर्न तटस्थ मुलुकको अदालतमा फैसला गर्ने सहमति भएको हो ।

आपूर्तिमन्त्री दीपक बोहराका अनुसार यसअघि भारतको अदालतले गर्ने सहमति भएको थियो । तेस्रो मुलुकको अदालतबाट हुने बहस निष्पक्ष हुने मन्त्रालयको ठहर छ । ‘भारतमा ट्यांकर दुर्घटना हुँदा भारतीय कानुन लाग्छ, त्यस्तै नेपालको हकमा पनि नेपालकै कानुन लाग्छ । तर, दुर्घटना हुँदा भारतको अदालतमा छलफल हुने नियम थियो । यसमा थप विवादको सम्भावना थियो,’ मन्त्री बोहराले भने, ‘भारतीय पेट्रोलियम मन्त्रीसँगको छलफलमा अबदेखि तटस्थ मुलुकको अदालतमा बहस हुने सहमति भएको छ । इन्धन ढुवानीको क्रममा विवाद भए सिंगापुर अदालतले हेर्नेछ ।’
निगमका निमित्त नायव कार्यकारी निर्देशक सुशील भट्टराईले नियम र आइओसीबीच हालसम्म विवाद नभए पनि इन्धन समवेदनशील पदार्थ भएकाले सहमति आवश्यक रहेको बताए । आइओसीले इन्धन नदिएको अवस्थामा सिंगापुर अदालत उत्तम रहेको उनले बताए । कान्तिपुर दैनिकबाट

प्रकाशित मितिः २०७४ बैशाख ५

वि.सं.२०७४ वैशाख ५ मंगलवार ११:५३ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...