back
NMB ad

चुनाब कुनै हालतमा रोकिन्नः प्रमुख पाँच दल

Kumari bank ad

काठमाडौ । नेपाली कांग्रेस, नेकपा (एमाले) सहित मुख्य पाँच दलले वैशाख ३१ लागि घोषित स्थानीय निर्वाचन कुनै हालतमा पनि नरोक्ने निष्कर्ष निकालेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको माओवादी केन्द्र, राप्रपा एवं मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सहितको बैठकले चुनाबको विकल्प नभएको भन्दै यस्तो निर्णय निकालेका हुन् ।

मधेसी मोर्चा चुनाबमा सहभागी हुन आए उसका लागि तयारी समय दिने तर निर्धारित निर्वाचन नरोक्ने विषयमा दलहरुबीच एक मत देखिएको छ । बैठकमा प्रधानमन्त्री दाहालले मधेसी मोर्चा निर्वाचनमा आउँछ भने दुई चरणमा चुनाब गर्ने कि नगर्ने भन्ने विषयबारे पाँच दलका नेताहरुसँग छलफल गरेका थिए। मोर्चालाई चुनाबमा ल्याउन कस्तो प्रयास गर्दा ठिक हुने प्रश्न पनि उनले अन्य दलका शीर्ष नेताहरुसँग राखेका थिए।

कांग्रेस सभापति शेरबहादुर देउवाले एकै चरणमा निर्वाचन गर्नुपर्ने बताए । मोर्चा चुनाबमा आउँछ भने दुई चरणमा गर्न सकिन्छ, नत्र चुनाब एकै चरणमा हुन्छ। त्यसमा उताउता गर्नुहुँदैन सभापति देउवाले भने।

बैठकमा सहभागी एमाले उपाध्यक्ष बामदेव गौतमले दुई चरणमा चुनाब लम्ब्याउँदा मोर्चा चुनाबमा आउने ग्यारेन्टी कसले गर्ने भन्ने प्रश्न गरेका थिए । मोर्चाका गतिविधिले चुनाब बिथोल्ने प्रयास गरेको भन्दै उनले घोषित चुनाब मितिमा दायाँबायाँ नगर्न सुझाव दिए। एमाले नेताहरुले यदि मोर्चा चुनाबमा सहभागी हुन्छ भने दुई चरणमा चुनाबमा जान सकिने तर चुनाबमा आउने ग्यारेन्टीपछि मात्र दोस्रो चरणको विषय टुङ्ग्याउनु पर्ने उल्लेख गरेका थिए।

माओवादी केन्द्रका नेता जनार्दन शर्माले अब सरकारले संविधान संशोधन प्रक्रिया अघि बढाएर मोर्चासँग सम्वाद अघि बढाउने बताए। मोर्चासँग निरन्तर वार्ता गर्ने र निर्वाचनमा आउने वातावरण बनाउछौं उनले भने, मोर्चा यदि चुनाबमा भाग लिन्छ भने तयारीका लागि समय दिन सकिन्छ तर वैशाख ३१ मा कुनै हालतमा चुनाब हुन्छ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस नेता एवं गृहमन्त्री निधि, एमाले उपाध्यक्ष बामदेव गौतम, एमाले बरिष्ठ नेता माधवकुमार नेपाल, एमाले संसदीय दलका उपनेता सुवाषचन्द्र नेम्वाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा एवं मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार सहभागी थिए ।

प्रकाशित मितिः २०७४ बैशाख ६

वि.सं.२०७४ वैशाख ६ बुधवार १४:१५ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...