back
NMB ad

भारतले मिचेको भूभाग नेपाललाई फिर्ता

Kumari bank ad

काठमाडौ । भारतले उपभोग गर्दै आएको ५० हेक्टरभन्दा बढी भूभाग नेपालले फिर्ता पाएको छ । नेपालको कपिलवस्तु र भारतको बलरामपुर जिल्लाको सिमाना साँध मानिएको अर्ररा नदीपारिको भूभाग नेपालको भएको पुष्टि भएपछि भारतले फिर्ता गरेको हो ।

नेपाल–भारतको सिमाना नापजाँच संयुक्त टोलीले उक्त क्षेत्रमा गरेको नापी तथा सर्वेमा नेपाली भूभाग भारतद्वारा मिचिएको प्रमाणित भएको थियो । अर्ररा नदीपारिको वन क्षेत्र, नदी तथा खेतसमेत नेपालको भूमिमा परेको छ । विजयनगर गाउँपालिका–१ जबाबैराठ छोएर बग्ने अर्ररा नदी पारिसमेत नेपाली भूमि बढेपछि संयुक्त सर्वे टोलीले स्तम्भ निर्माण गरी सिमाना छुट्याएको छ । नेपाल पक्षका टोली प्रमुख तथा नापी विभागका प्रमुख अधिकृत निर्मल आचार्यले करिब ५० हेक्टर जमिन नेपालमा गाभिएको बताउनुभयो ।

सिमानासँग जोडिएको कपिलवस्तुको गौतम बुद्ध साझेदारी वनको १३ हेक्टर वन क्षेत्र भारतमा परेको थियो । विगतमा भारतले चर्चिंदै आएमध्येको २० हेक्टर क्षेत्रफलमा भारतीय पक्षले संरक्षण गर्दै आएको वन क्षेत्रसमेत रहेको छ । भारतको बलरामपुर जिल्लास्थित शुहेलवा आरक्षण वन क्षेत्र नेपालमा परेको कार्यालयले जनाएको छ । हालसम्म अर्ररा नदीले नेपालतर्फ कटान गरी नेपाली क्षेत्र साँघुरिँदै जाँदा भारतीय पक्षले अर्ररा नदीलाई सीमा मान्दै नेपाली भूमिको उपभोग गर्दै आएको थियो । इलाका प्रशासन कार्यालय चन्द्रौटाका उपसचिव मेघनाथ पाध्याले दुवैको सहमतिमा भारतीय पक्षले उपभोग गर्दै आएको अधिकांश जग्गामा पिलर निर्माण गरिसकिएको जानकारी दिए।

सीमा क्षेत्र जबाबैराठका नेपालीहरू भूमि बढेकोमा निकै खुशी देखिएका छन् । ‘अब हामीले हाम्रो जमिन उपभोग गर्न पाउने भयौँ,’ जबाबैराठका स्थानीय मङ्गल थारूले भने।गोरखापत्र दैनिकबाट

प्रकाशित मितिः २०७४ बैशाख ७

वि.सं.२०७४ वैशाख ७ बिहीवार ०९:४७ मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...