back
NMB ad

सिट छैन सामुदायिक विद्यालयमा

Kumari bank ad

काठमाडौ। मकवानपुरका एक सांसदले स्कुलमा विद्यार्थी भर्ना गरिदिन प्राचार्यलाई एकाबिहानै आग्रह गरे । तर उनले भर्ना गर्न सकेनन् । ठाउँको अभावले गर्दा उनले विद्यार्थीलाई भर्ना गर्न नसकेका हुन् ।

भौतिक पूर्वाधारको अभावले गर्दा यो शैक्षिक सत्रमा हेटौंडा उपमहानगरपालिका ४ स्थित आधुनिक राष्ट्रिय माविले बाहिरबाट आउने विद्यार्थीको निम्ति भर्ना नै खोलेको छैन । ‘पूर्वाधार र शिक्षकको अभावले गर्दा भर्ना नै खोलेका छैनौं,’ प्राचार्य ऋषिराम पोखरेलले भने, ‘आफ्नै स्कुलका विद्यार्थी मात्र भर्ना लिने गरेका छौं ।’

मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयले बिहीबार हेटौंडामा आयोजना गरेको ‘सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि गरिएका असल प्रयास र भावी कार्यक्रम’ विषयक कार्यशालामा प्राचार्य पोखरेल बोल्दै थिए । पढाइ स्तरीय भएको कारण उक्त विद्यालय प्रायस् अभिभावक र विद्यार्थीको रोजाइमा पर्ने गरेको छ ।

‘नियमित परीक्षा, टिम स्पिरिट र तल्लो कक्षाका छात्रछात्राको पढाइ र अनुशासनमा मनग्ये ध्यान पुर्‍याउँदै आएकाले १२ वर्षदेखि आधुनिक मावि जिल्लामा प्रथम स्थान ओगट्न सफल भएको हो,’ प्राचार्यको कथन छ । लगनशील र इमानदार भएपछि विद्यालयको पढाइ स्वतस् स्तरीय हुने उनको बुझाइ छ । उक्त विद्यालयमा अहिले १ हजार ८ सय ६३ जना विद्यार्थी छन् । यसपटक २ सय १० जनाले एसईई परीक्षा दिएका छन् । विद्यालयले विगतमा प्रवेश परीक्षा लिएरमात्र विद्यार्थी भर्ना गथ्र्यो भने यो वर्ष भर्ना खोलेको छैन । गत वर्ष बोर्डिङका विद्यार्थीहरू ह्वात्तै ओइरिएपछि व्यवस्थापनले भर्ना लिन नसकेको हो ।

चितवनको पिठुस्थित जनजागृति माविका शिक्षक रामहरि भण्डारीले अंग्रेजी माध्यमबाट पढाइ सुरु गरेपछि विद्यार्थीको चाप बढेको र विगतको एसएलसीमा नतिजासमेत उत्कृष्ट आएको बताए । व्यवस्थापन समितिले विद्यालयमा पढाउने शिक्षक र कर्मचारीले आफ्ना छोराछोरी आफू कार्यरत विद्यालयमै पढाउनुपर्ने अनिवार्य नीति लिएपछि शैक्षिक गुणस्तर बढेको उनले सुनाए । ‘शिक्षक र विद्यार्थीसँग योजना माग्ने गरेका छौं र त्यसैअनुसार सिकाइलाई अगाडि बढाउने गरेका छौं,’ शिक्षक भण्डारीले भने, ‘व्यवस्थापन समिति, शिक्षक र अभिभावकबीच सुमधुर सम्बन्ध र विश्वासले विद्यालयको पढाइ नमुनायोग्य बनाउन सकिन्छ ।’

चितवनकै नारायण मावि भरतपुर मध्यमाञ्चलकै एक उत्कृष्ट विद्यालय हो । उक्त माविका प्राचार्य पूर्णप्रसाद दवाडीले शिक्षक र विद्याथीलाई योजना प्रस्तुत गराउने र त्यसैअनुसार दुवै पक्षलाई मिहिनेत गराउने गरेको सुनाए । ‘विद्यार्थीले होमवर्क गरेरनगरेको, पढेरनपढेको बारेमा अभिभावकले दैनिक हस्ताक्षर गर्न डायरी उपलब्ध गराएका छौं,’ उनले भने, ‘शिक्षक पढाएरनपढाएको बारे लिखित जानकारी दिन विद्यार्थीलाई लेजर उपलब्ध गराएका छौं ।’ स्कुलको पढाइ राम्रो भएपछि राम्रा र अनुशासित विद्यार्थीमात्र भर्ना हुन आउने उनको बुझाइ छ । सबै पक्षले सकारात्मक सोचबाट अघि बढ्दा निरन्तर सफलता मिल्ने उनको तर्क छ । उक्त विद्यालयबाट यो वर्ष १ सय ८० जनाले एसईई दिएका छन् ।

यसैगरी, ललितपुरका त्रिपद्म माविका प्रधानाध्यापक विष्णुप्रसाद घिमिरेले विद्यालयको शैक्षिक स्तर उठाउन प्रधानाध्यापक, शिक्षक र व्यवस्थापन समितिबीच सुमधुर सम्बन्ध अनि प्रतिबद्धता महत्त्वपूर्ण हुने बताए । बाहिरी जिल्लाका विद्यार्थीमात्र पढ्ने उक्त विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन थालेपछि चाप बढेको साथै शैक्षिक गुणस्तर पनि वृद्धि भएको उनले जनाए । अभिभावकलाई छोराछोरीको दैनिक कार्यप्रगति बुझ्न विद्यार्थीलाई डायरी उपलब्ध गराएको उनले बताए ।

सिन्धुलीको हायुटारस्थित सिन्धुली माविका प्राचार्य विजयकुमार थिङ हेड–मास्टरको सक्रियता, इमानदारी र विद्यालयप्रतिको लगावले मात्र शैक्षिकस्तर वृद्धि हुने बताए ।

‘अनुभव आदान–प्रदान र अनुकरणीय अभ्यासको पहिचान गर्ने उद्देश्य’ ले गरिएको कार्यशालामा चितवन, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, सिन्धुली, धनुषा र महोत्तरी गरी १० जिल्लाका उत्कृष्ट सामुदायिक विद्यालयका प्राचार्य र शिक्षा अधिकारीको सहभागिता रह्यो । क्षेत्रीय शिक्षा निर्देशक दिनेशकुमार श्रेष्ठको अध्यक्षतामा सञ्चालित कार्यशालामा शिक्षाविद् विद्यानाथ कोइराला, सहसचिव हरिप्रसाद लम्साल र मकवानपुरका शिक्षा अधिकारी वीरेन्द्रजंग थापालगायतले विचार राखेका थिए । कान्तिपुर दैनिकबाट

प्रकाशित मितिः २०७४ बैशाख ८

वि.सं.२०७४ वैशाख ८ शुक्रवार १२:३८ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...