back
NMB ad

घुस लिएको अभियोगमा तीन पक्राउ

Kumari bank ad

चितवन । जिल्ला प्रशासन कार्यालयले मालपोत कार्यालय भरतपुरका दुई कर्मचारी र एक लेखापढी व्यवसायीलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा शुक्रबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मालपोत कार्यालयका नासु, मनोज निरौला, कम्युटर अपरेटर प्रदीप पौडेल र लेखापढी व्यवसायी फडीन्द्रराज तिवारी छन् । उनीहरूमध्ये निरौलाले चण्डीभन्ज्याङका बिर्खलाल गुरुङको हजुरबुबाका नामको जग्गा हजुरआमाका नाममा नामसारी गर्न नाममा मणि र मनि नमिलेको भन्दै रु छ हजार मागेको गुरुङले आरोप लगाए ।

त्यस्तै कम्युटर अपरेटर तिवारीले रु ५०० लिएको अभियोग लगाइएको छ । लेखापढी व्यवसायीले बिचौयियाको काम गरेको आरोप छ । जिल्ला प्रशासन कार्यालयका बजार संरक्षण अधिकृत ओमनारायण शर्माको नेतृत्वमा उपभोक्ता अधिकार संरक्षण मञ्च र जिल्ला प्रहरीसहितको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले उनीहरूलाई कारबाहीका लागि आइतबार जिल्ला प्रशासन कार्यालय पठाइने बताए ।

यसैबीच भरतपुरको चौबिसकोठीमा ट्राफिक जनचेतनाका लागि निर्माण गरिएको डिजिटल सूचना पाटी तोडफोड गरेको अभियोगमा नेपाल कम्युनिस्ट पार्टी निकटअखिल (क्रान्तिकारी) सप्तगण्डकी क्याम्पस एकाइका अध्यक्ष सुरेन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी उपरीक्षक थापाका अनुसार पौडेलसहित तीन जनाले गए राति १२ बजे र १९ मिनेट जाँदा टेलिभिजनसहितको सूचना पाटी तोडफोड गरेका हुन् । फरार अन्य दुईको खोजी भइरहेको बताइएको छ ।
९ वैशाख २०७४

वि.सं.२०७४ वैशाख ९ शनिवार १४:११ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...