back
NMB ad

मेसीको गोलको यसरी प्रशंसा,बार्सिलोना बिजयी

Kumari bank ad

अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीको जादुप्रेरित बार्सिलोनाले आइतबार स्पेनिस ला लिगाअन्तर्गत रियाल मड्रिडविरुद्ध सम्पन्न अल क्लासिकोमा ३–२ को जित निकाल्यो । रेफ्रीले सिटी फुक्न केही सेकेन्ड मात्र बाँकी रहँदा मेसीले जादुमय निर्णायक गोल गर्दै क्लबबाट आफ्नो गोलसंख्या ५ सय पुर्‍याउँदा चिर प्रतिद्वन्द्वी रियालमाथि रोमाञ्चक जित हात पार्दै बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि दौड खुला बनायो।

घरेलु सान्टियागो बर्नाबेउ रंगशालामा सम्पन्न खेलको २८औं मिनेटमा कासेमारोले गोल गरेपछि रियालले अग्रता लिएको थियो। कप्तान सर्जियो रामोसले मार्सेलोको पासमा गरेको प्रहार पोस्टमा लागेर फर्कंदा प्राप्त बललाई उनले पोस्टको दिशा दिएका थिए।

३३औं मिनेटमा इभान राकेटिचको पासमा मेसीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काएका थिए। पछिल्लो तीन वर्षमा मेसीले रियालविरुद्ध गरेको यो पहिलो गोल हो।

७३औं मिनेटमा राकेटिचले गोल गरेपछि बार्सिलोनाले अग्रता लिएको थियो। जोर्डी अल्बाको प्रहार विपक्षी खेलाडीले रोक्दा प्राप्त बलमा उनले गोल गरेका थिए।

७७औं मिनेटमा रामोस रातो कार्ड दर्शन गर्दै मैदानबाट बाहिरिएपछि रियालले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो। मेसीमाथि खराब फाउल गरेपछि उनले रातो कार्ड दर्शन गरेका थिए।

८५औं मिनेटमा हामेस रोडरिग्वेजले मार्सेलोको पासमा गोल गर्दै रियाललाई खेलमा फर्काएका थिए।

तर इन्जुरी समयको दोस्रो मिनेटमा मेसीले अल्बाको पासमा गोल गर्दै लगातार तेस्रो पटक ला लिगा उपाधि जित्ने बार्सिलोनाको आशा जीवित राखेका हुन्।

यस जितपछि ३३ खेलको समाप्तिमा ७५ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ। समान ७५ अंक भए पनि रियाल दोस्रो स्थानमा छ। यद्यपि रियालले एक खेल कम खेलेको छ।

‘मेरा लागि उनी इतिहासकै उत्कृष्ट खेलाडी हुन्। मैले धेरै वर्ष फुटबल खेलमा बिताएको छु,’ सिजनको अन्त्यपछि बार्सिलोना छोड्ने घोषणा गरिसकेका प्रशिक्षक लुइस इनरिकेले भने, ‘वर्तमान फुटबलमा सबै शारीरिक र रणनीतिक रूपमा राम्रो हुन्छन्। त्यहाँ पनि उनले अझै केही भिन्नता ल्याउँछन्। उनले क्लबका लागि ५ सय गोल पूरा गरेका छन्। यसले के दर्शाउँछ भने बार्सिलोनाका समर्थकले मेसी जस्तो खेलाडी पाउनु भाग्यको कुरा हो। ’

खेल २–२ को बराबरीमा रहँदा हामीले ध्यान दिनुपर्दथ्यो,’ रियालका प्रशिक्षक जिनेदिन जिदानले भने, ‘हामी सधैं सकारात्मक छौं र हामीले तेस्रो गोल गर्न सक्थ्यौं। तर हामीले खेलमा नियन्त्रण गुमायौं। त्यसै कारण अन्तिममा खराब नतिजा भोग्नुपर्‍यो।’

प्रकाशित मितिः २०७४ बैशाख १२

वि.सं.२०७४ वैशाख १२ मंगलवार १७:०३ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...