back
NMB ad

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको समस्या के हो ?

Kumari bank ad

४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण २०७५ असारभित्रै पूरा गर्ने लक्ष्य राखे पनि कमजोर सडकका कारण उपकरण ढुवानीमा समस्या हुँदा काम प्रभावित हुने भएको छ ।

सडक विभागले सिन्धुपाल्चोकको खाडीचौरदेखि चरिकोटसम्मको सडक दुई लेनमा विस्तार तथा स्तरोन्नती गर्दैछ । यही कारण सडक साँधुरो हुँदा उपकरण ढुवानीमा समस्या देखिएको हो ।

बर्खाअघि आवश्यक उपकरण ढुवानी गर्न नसक्ने हो भने विद्युत उत्पादनको लक्ष्य प्रभावित हुने आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए । ‘सडक विभागसँग निरन्तर परामर्श तथा सहकार्यमा काम गरिरहेका छौं,’ उनले भने, ‘आयोजनामा चार युनिट छन्, बर्खाअघि कम्तिमा दुई युनिटको उपकरण विद्युतगृहसम्म पुर्याउने योजना छ ।’

उपकरण ढुवानीको समस्याबाहेक हेडवर्क्स, पेनस्टकमा कंक्रिटिङलगायत काम पूरा गर्न बाँकी रहेको उनले बताए । आयोजनामा आवश्यक पेनस्टक पाइप, टर्बाइन, गेट, भल्बलगायत उपकरण ढुवानी गर्नुपर्छ । सयौं टनका उपकरण ढुवानीका क्रममा ट्रकले ‘लोड’ तान्न नसक्दा अहिले मुडेदेखि चरिकोटसम्म सडकका छेउमा राखिएको छ ।

अधिकांश उपकरण वीरगन्ज नाकामा आइसकेकाले आयोजनास्थलसम्म पुर्याउन चुनौती रहेको न्यौपानेले दोहोर्याए । आयोजना समयमै पूरा गर्न आवश्यक सहयोग तथा परामर्शका लागि आइतबार अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीका सञ्चालक आयोजनास्थल पुगेका थिए ।

कर्मचारी सञ्चय कोष, राष्ट्रिय बिमा संस्थान, नेपाल दूर सञ्चार कम्पनी लगायतका प्रतिनिधिले आयोजना समयमै पूरा गर्न जस्तोसुकै सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएका थिए । ७५ असारसम्म पहिलो युनिटमात्र भए पनि सञ्चालन गर्नुपर्नेमा उनीहरूले जोड दिए ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक तथा तामाकोसी सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङले पनि लक्षित समयभित्र पहिलो युनिट सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए । यस्तै, २०७५ पुससम्म सबै युनिट अर्थात ४ सय ५६ मेगावाट विद्युत उत्पादन गर्नुपर्नेमा जोड दिए ।

२०६८ साल असारबाट निर्माण सुरु भएको आयोजनाको ८८ प्रतिशत काम पूरा भएको छ । १३ प्रतिशत काम पूरा गरेर २०७५ असारबाट उत्पादन सुरु गर्ने लक्ष्य छ । २ वर्षअघिको भूकम्प र भारतीय नाकाबन्दीको असरका कारण आयोजनाको काम डेढ वर्षसम्म ठप्प थियो ।उर्जाखबर डटकमबाट

प्रकाशित मितिः २०७४ बैशाख १२

वि.सं.२०७४ वैशाख १२ मंगलवार १७:२७ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...