back
NMB ad

अब आफ्ना परिवारको स्वास्थ्य बीमा नगरे बिदेश जान नपाइने

Kumari bank ad

काठमाडौ । अब आफ्ना परिवार सदस्यको स्वास्थ्य बीमा नगरे बैदेशिक रोजगारीमा जान नपाईने भएको छ । बैदेशिक रोजगारीमा जाने कामदारका परिवारको स्वास्थ्य बीमा अनिवार्य गर्नु पर्ने स्वास्थ्य बीमा विधेयक २०७३ ले व्यवस्था गरेको छ ।

नयाँ स्वास्थ्य बीमामा उल्लेख भए अनुसार परिवारको स्वास्थ्य बीमा गरेपछि मात्रै बैदेशिक रोजगारका लागि जान पाइनेछ । केही दिनअघि मात्रै मन्त्रिपरिषदबाट पारित स्वास्थ्य बीमा विधेयक–२०७३ मा यस्तो व्यवस्था गरिएको हो । मन्त्री परिषदबाट पारित भइसके पनि संसदबाट पारित भएपछि मात्रै यो व्यवस्था लागू हुने छ ।

स्वास्थ्य बीमामा सबै नागरिकको पहूँच पु¥याउन विधयेकमा यस्तो व्यवस्था गरिएको स्वास्थ्य मन्त्री गगन कुमार थापाले वताए । वृद्धाश्रम, अनाथालय, सुधार गृहलगायतका संरक्षित संघसंस्थाहरुमा आश्रति व्यक्तिहरुको पनि स्वास्थ्य बीमा गर्नुपर्ने मन्त्री थापाको भनाइ छ । विधेयकमा बीमा शुल्क तिर्न नसक्नेका लागि सरकारले नै शुल्क तिरिदिनु पर्ने व्यवस्था गरेको छ । गरिबीको रेखामूनि रहेका अति बिपन्न परिवारको बीमा शुल्क सरकारले नै तिरिदिने छ ।

प्रकाशित मितिः २०७४ बैशाख १३

वि.सं.२०७४ वैशाख १३ बुधवार ११:३६ मा प्रकाशित

You can share this post!

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...