उत्तर कोरियाले फेरि परमाणु वा अन्य क्षेप्यास्त्र परीक्षण गर्ने चिन्ता बढिरहेका बेला अमेरिकी लडाकु पानी जहाज दक्षिण कोरिया पुगेको छ । युएसएस मिसिगन नाम दिइएको लडाकु पानी जहाज अर्थात गोताखोर जहाज कोरियाली प्रायाद्विपमा अमेरिकाबाट आउने युद्धपोत विमानसँगै मिसिने अमेरिकी अधिकारीहरुले बताएका छन् ।
उत्तर कोरियाले ठूलो स्तरको सैन्य अभ्यास गरेको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरियाले मंगलबार ८५ औँ वर्षगाँठ मनाएको छ ।
पछिल्लो समय कोरियाली प्रायद्विपमा तनाव बढ्दै गएको छ । अमेरिका र उत्तर कोरियाबिच वाक् युद्ध नै सुरु भएको छ । विशेषज्ञले उत्तर कोरियाले अरु पनि मिसाइल परीक्षण गर्न सक्ने बताएका छन् ।
प्रकाशित मितिः २०७४ बैशाख १३
वि.सं.२०७४ वैशाख १३ बुधवार ०८:५५ मा प्रकाशित