काठमाडौ । एनबी इन्स्योरेन्सले १०० प्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । एनबीले २७ करोड रुपैयाँको २७ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो ।
कम्पनीले अब केही समयभित्रै सेयर बिक्री खुला गर्नेछ । हकप्रदमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेड गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी २७ करोड रुपैयाँ छ । हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ५४ करोड रुपैयाँ हुनेछ ।
प्रकाशित मितिः २०७४ बैशाख १४
वि.सं.२०७४ वैशाख १४ बिहीवार १७:४२ मा प्रकाशित