back
NMB ad

कार्गोको शुल्क नबढाउन नागरिक उड्डयन प्राधिकरणको निर्देशन

Kumari bank ad

काठमाडौ। नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडलाई नागरिक उड्डयनले प्राधिकरणले तत्कालका लागि कार्गोको शुल्क बृद्धि नगर्न निर्देशन दिएको छ । कार्गो शुल्क एक हजार प्रतिशतसम्म बढाइएको थियो ।

बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले तत्काललाई शुल्क वृद्धि नगर्न निर्देशन दिएको प्राधिकरणका प्रवक्ता बिरेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् । उनले भने ‘कसैसँग पनि छलफल नगरी भाडा बढाएको पाएकाले हामीले तत्कालका लागि भाडा नबढाउन निर्देशन दिएका हौं ।’

भाडा बढेपछि आयात निर्यातसँग सम्वन्धित १४ संस्थासँग मिलेर कुरियर संघले आन्दोलन गरिरहेको थियो । जसका कारण आयात निर्यातको काम प्रभावित भएको थियो । १३ गुणासम्म भाडा वृद्धि भएको भन्दै कार्गो व्यवसायीहरु आन्दोलनमा उत्रेका छन् ।

शुल्क बढाइएपछि नेपाल चेम्बर अफ कमर्स, नेपाल तयारी पोशाक उद्योग संघ, नेपाल हस्तकला महासंघसहित विभिन्न ब्यवसायी तथा श्रमिकका संघहरुको आन्दोलन आयात–निर्यात ठप्प पारेका थिए ।

कम्पनीले विभिन्न ६ वटा समूहमा वर्गीकरण गरेर शुल्क बढाएको छ । साधारण, बहुमूल्य, नासवान, खतराजन्य, एक्सप्रेस कुरियर र जीवित जनावर गरेर ६ वटा समूहमा समानको वर्गीकरण गरिएको छ ।

कम्पनीले विमानस्थल दस्तुर नियमावलीअनुसार कार्गोको दस्तुर बढाएको बताएको थियो । यसअघि पनि बढाइएको मूल्य ब्यवसायीको दबावमा कार्यान्वयन भएको थिएन ।

प्रकाशित मितिः २०७४ बैशाख  १४

वि.सं.२०७४ वैशाख १४ बिहीवार १८:२० मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...