back
NMB ad

होस गर्नुहोस् ! जथाभाबी बाटो काटे २०० रुपैंया जरिवाना तिर्नुपर्ला

Kumari bank ad

काठमाडौ। महानगरीय ट्राफिक महाशाखाले जथाभावी सडक क्रस गर्ने पैदल यात्रुलाई कारबाही गर्ने भएको छ । महानगरीय ट्राफिक महाशाखाका प्रमुख डिआईजी मिङमार शेर्पाले जथाभावी सडक क्रस गर्ने पैदल यात्रुलाई शुक्रबारदेखि केहीबेर नियन्त्रणमा लिई २ सय रुपैयाँ जरिवाना गर्ने चेतावनी दिए ।

काठमाडौ उपत्यकामा पैदल यात्रुको सुरक्षाका लागि जनचेतना कार्यक्रमको शुक्रबार काठमाडौंमा शुभारम्भ गर्दै उनले जेब्रा क्रसमा पैदल यात्रुले खुट्टा राख्ने बित्तिकै सवारी साधान नरोक्ने सवारी चालकलाई पनि कडा कारबाही गर्ने चेतावनी दिए ।

महानगरीय ट्राफिक महाशाखाले सवारी दुर्घटना न्यूनिकरण गर्न बैशाख १ गतेबाट सवारी साधानमा हर्न बजाउन रोक लगाएको थियो । सवारीको चापलाई व्यवस्थित गर्दै दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यका साथ शुक्रबारबाट पैदल यात्रु सुरक्षा कार्यक्रम संचालनमा ल्याइएको हो ।

पैदल यात्रुले जथाभावी सडक क्रस गर्दा नै सवारी दुर्घटनामा परी धेरैको ज्यान जाने गरेको पाइएपछि महाशाखाले पैदल यात्रुहरुलाई जेब्राक्रस र आकाशेपुल प्रयोग गरेर मात्रै सडक पार गर्न पनि पुनः अपील गरेको छ ।

महाशाखाले पैदल यात्रुलाई जनचेतनामूलक कार्यक्रमबारे जानकारी दिन काठमाडौंमा रहेका २६ वटा सामुदायिक प्रहरी कार्यालयको जनशक्तिलाई समेत परिचालन गरेको छ ।
प्रकाशित मितिः २०७४ बैशाख १५

वि.सं.२०७४ वैशाख १५ शुक्रवार १४:३४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...