back
NMB ad

तरकारी खेतीबाटै ६० लाखको घडेरी !

Kumari bank ad

पर्वत । यहाँका एक युवाले तरकारीखेती र पशुपालन व्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएका छन्। पर्वतको जलजला गाउँपालिकास्थित साविक नाङलिवाङ– ९ फर्सेका राजन सापकोटाले गाउँमै सुरु गरेको तरकारीखेती र पशुपालन व्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएका हुन्।

उनले व्यक्तिगत रुपमा सापकोटा पशुपालन तथा कृषि फर्म र तीन जना मिलेर धौलागिरि व्यावसायिक कृषि तथा पशुपालन फर्म सञ्चालनमा ल्याएपछि मासिक एक लाखभन्दा बढीको आम्दानी गर्न थालेका छन्। यो व्यवसायबाट भएको आम्दानीले बागलुङ बजारमा करिब ६० लाख मूल्य पर्ने घडेरी समेत किनिसकेका सापकोटा एसएलसीसम्मको शिक्षा प्राप्त गरेका छन्। ‘पढेलेखेका साथी यहाँ रोजगारी नपाएर विदेसिएका छन्,’ उनले भने ‘मैले सबै खर्च कटाएर मासिक एक लाखसम्म कमाउँछु ।’ यसैको आम्दानीले छोराछोरीलाई सुविधा सम्पन्न स्तरीय निजी विद्यालयमा पढाउने गरेको सापकोटाले बताए।

‘आफूले छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिएको छु,’ उनले भने, ‘धेरै नपढेकोमा पनि कुनै पछुतो छैन ।’ व्यक्तिगत फर्ममा करिब ३० लाख र सामूहिकमा २५ लाख लगानी गरेको उनी बताउँछन्। १३ रोपनीमा व्यक्तिगत फर्म र १८ रोपनीमा सामूहिक फर्ममा सेयर लगानी गरेका सापकोटाले सिमी, काँक्रा, भेन्टा, खुर्सानी, बन्दा, बोडीलगायत विभिन्न मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आएका छन्।

उनले मौसमी भन्दा बेमौसमी तरकारी बढी फलाउने गरेका छन् । ‘बेमौसममा उत्पादन गर्दा धेरै मूल्य पाइन्छ,’ उनले भने ‘सकेसम्म बेमौसमी तरकारी उत्पादन गर्छु ।’ यहाँ उत्पादन गरेको तरकारी बागलुङ, कुश्मा, बेनी, मुस्ताङ, पोखराको बजारमा बिक्री हुने गरेको छ । सापकोटाले उत्पादन गरेको तरकारी लैजान व्यापारी फर्ममै आउने गरेका छन्।

‘हामी जस्ता किसानलाई खाली जग्गा उपलब्ध गराए हुन्थ्यो,’ सापकोटाले भने ‘सरकारले किसानका समस्यालाई प्राथमिकतामा नराख्नाले अपेक्षित उपलब्धि हुन सकेन ।’

नेपालमा उत्पादन गरेको तरकारी विदेश निर्यात गर्न सरकारी पहल हुनुपर्ने सापकोटाको भनाई छ । ‘यहाँ बिक्री नभए विदेश निर्यात गर्न सक्नुपर्छ,’ उनले भने, ‘बिक्री हुनेमा ढुक्क भए उत्पादन बढाउन सकिन्छ ।’

सापकोटालाई जिल्ला कृषि र व्यावसायिक कृषि आयोजनाले सघाएको छ। करिब १० लाख अनुदान सहयोग उपलब्ध गराएको आयोजना प्रमुख गोविन्दप्रसाद शर्माले बताए।

सापकोटाले गरेको मेहनत निकै प्रशंसनीय रहेको जिल्ला कृषि विकास कार्यालय, पर्वतका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताए। ‘व्यावसायिक तरकारी खेती र पशुपालन गर्ने सापकोटा जिल्लाकै नमुना किसान हुन,’ रेग्मीले भने “सापकोटाले कृषिको सम्भावनालई राम्रोसँग उजागर गरेका छन् ।”

नमुना फर्म भएकाले विभिन्न ठाउँबाट किसान हेर्न आउने गरेका छन् । आउने किसानलाई प्रविधि र सीप सिकाउने गरेको अर्का किसान टीकाराम सापकोटाले बताए।न्यूजएग्रोबाट

प्रकाशित मितिः २०७४ बैशाख १५

वि.सं.२०७४ वैशाख १५ शुक्रवार १४:५९ मा प्रकाशित

You can share this post!

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१०

काठमाडौँ, १६ वैशाखः आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा...

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:०२

फिक्कल (इलाम), १६ वैशाखः इलाम क्षेत्र नं २ मा शनिबार...

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५७

काठमाडौँ, १६ वैशाखः विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम...

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५४

गुल्मी, १६ वैशाखः जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप...

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३७

दमौली : मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र...

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३०

काठमाडौँ, १६ वैशाख: मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...