back
NMB ad

३५ सय मेगावाटभन्दा बढि बिद्युत् उत्पादनको अनुमतिपत्र जारी

Kumari bank ad

काठमाडौ । सरकारले अहिलेसम्म साढे ३ हजार मेगावाटभन्दा बढी क्षमताका जलविद्युत आयोजनाको उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । केही नेपाल विद्युत प्राधिकरणबाहेक अधिकांश अनुमतिपत्र निजी क्षेत्रले लिएका छन् ।

विद्युत विकास विभागका अनुसार ३ हजार ५ सय ८७ मेगावाटका १ सय ३१ आयोजना १ मेगावाटभन्दा ठूला छन् । साढे ९ मेगावाटका १२ आयोजना १ उक्त क्षमताभन्दा साना छन् । १ मेगावाटको सौर्य ऊर्जाका लागि पनि उत्पादन अनुमतिपत्र दिइएको छ ।
दोलखामा निर्माणाधीन २५ मेगावाटको सिंगटी जलविद्युत आयोजना यसैगरी, ६ हजार ८ सय २० मेगावाटका ३ सय २६ आयोजनाको अध्ययन अनुमतिपत्र प्रदान गरिएको छ । तीमध्ये १ सय २१ आयोजना १ मेगावाटभन्दा ठूला र १ सय ७२ आयोजना सोभन्दा साना छन् । १ सय ८१ मेगावाट सौर्य विद्युत उत्पादन गर्न ३० आवेदकलाई अध्ययन अनुमति दिइएको छ ।

५ मेगावाटको वायु र २६ मेगावाट बायोग्यासबाट विद्युत उत्पादन गर्न २ आवेदन विभागमा पेस भएका छन् । प्राप्त आवेदनको प्रक्रिया पुर्याएर ‘फास्ट ट्र्याक’मा काम भइरहेको विभागका महानिर्देशक नविनराज सिंहले बताए ।

‘आवेदनको ‘फस्ट कम फस्ट’ आधारमा कारबाही टुंग्याइको छ,’ उनले भने, ‘अहिलेसम्म जति आवेदन परेका छन्, एक महिनाभित्र सबैको काम सक्ने योजना छ ।’

उत्पादन अनुमतिपत्र लिन अहिलेसम्म १ मेगावाटभन्दा ठूला ५ हजार ५ सय ३० मेगावाटका ४९ आवेदन परेको विभागले जानकारी दिएको छ । उक्त क्षमताभन्दा साना ४ मेगावाटका ५ आवेदन गरेका छन् । बायोग्यासबाट साढे ४ मेगावाट विद्युत उत्पादन गर्न दुई अध्ययन अनुमतिका आवेदन परेको छन् ।

यस्तै, ३ मेगावाटको थर्मल, १० मेगावाटको बायु, १ मेगावाट बायोग्यास र ८९ मेगावाट सोलारबाट विद्युत उत्पादन गर्नका लागि अध्ययन अनुमति लिन आवेदन परेका छन् । केन्द्रीय प्रणालीमा अहिलेसम्म ५९ आयोजनाबाट ८ सय ८७ मेगावाट विद्युत उपलब्ध छ । साथै १ मेगावाटभन्दा साना आयोजनाबाट ७, थर्मलबाट ५३.४१ र सोलारबाट ०.६८ मेगावाट विद्युत उत्पादन भएको छ ।

विभागले अहिलेसम्म प्रसारण लाइनका लागि ७ वटा निर्माण र २३ वटा अध्ययन अनुमति जारी गरेको छ । ७९ वटा निर्माण र १ सय ५४ वटा प्रसारण लाइन अध्ययनको अनुमति लिन आवेदन परेको छ । उर्जाखबरबाट

प्रकाशित मितिः २०७४ बैशाख २०

वि.सं.२०७४ वैशाख २० बुधवार १३:१२ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...