back
NMB ad

वृद्ध आरोही मीनबहादुर शेरचनको निधन, कीर्तिमान फर्काउने सपना पुरा हुन सकेन !

Kumari bank ad

काठमाडौ । विश्वकै सबैभन्दा पाका सगरमाथा आरोही बन्न लागेका मीनबहादुर शेरचनको निधन भएको छ। पाका उमेरमा सगरमाथा चढेर विश्व कीर्तिमान राख्न सगरमाथा आधार शिविर पुगेका ८६ वर्षीय आरोही शेरचनको शनिबार निधन भएको हो।

म्याग्दीको भुरुवा तातोपानीका बेलायती सेनाका पूर्व गोर्खा सैनिक शेरचन सगरमाथा आरोहणका लागि गत वैशाख ३ गते सात सदस्यीय टोलीको नेतृत्व गरेर सगरमाथा आरोहणमा हिँडेका थिए। शेरचनको आधार शिविरमा बिहान ५ बजेर १४ मिनेट जाँदा निधन भएको पर्यटन बिभागले जानकारी दिएको छ।

शेरचन काठमाडौंबाट हेलिकोप्टरमा नाम्चेसम्म हेलिकप्टरमा गएका थिए।

minbahadur serchan

यसअघि शेरचनले ७६ वर्षको उमेरमा सन् २००८ मा सगरमाथाको सफल आरोहण गरेका थिए। सन २००८ मा ७६ वर्षको उमेरमा शेरचनले जापानका ७५ बर्षिय युचिरो मिउराले गरेको किर्तीमान तोडेर सगरमाथाको शिखर चुम्ने गर्ने सबैभन्दा जेष्ठ आरोहीको उपाधि पाएका थिए।

सन् २०१३ मा तिनै युचिरो मिउराले ८० बर्षको उमेरमा सगरमाथा आरोहण गरेपछि शेरचनको किर्तीमान खोसिएको थियो। तीनै जापानी आरोहीको रेकर्ड तोड्न शेरचन लामो समयदेखि अभ्यासरत थिए।

प्रकाशित मितिः २०७४ बैशाख २४

वि.सं.२०७४ वैशाख २४ आइतवार १२:२३ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...