back
NMB ad

बैंकको १६ प्रतिशत बोनस र ८५ प्रतिशतको हकप्रदको अवसर,बुक क्लोजको मिति जान्नुहोस्

Kumari bank ad

काठमाडौ। साङग्रीला डेभलपमेन्ट बैंकले आफ्ना सेयर धनीलाई बोनस र हकप्रद सेयर दिने भएको छ । बैंकका अनुसार १६ शदमलव ०७ प्रतिशत बोनस सेयर र ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकका अनुसार बोनस सेयर दुई विकास बैंक प्राप्तिअघि वितरण गरिने छ । तर, हकप्रद भने प्राप्ति पछि मात्र वितरण गर्ने भएको छ ।

हाल बैंकको चुक्ता पूँजी १ अर्ब ७ करोड ३४ लाख रुपैयाँ छ । नेपाल र राष्ट्र बैंकको निर्देशन अनुसार २०७४ असार मसान्तसम्मा चुक्ता पूँजी पुर्याउन साङ्ग्रीलाले एक्विजिशन, बोनस तथा हकप्रदको बाटो रोजेको हो ।

बोनस सेयर वितरण र दुई बैंक प्राप्ति पनि बैंकको चुक्ता पुँजी १ अर्ब ३९ करोड रुपैयाँ पुग्ने भएको छ । १० करोड रुपैयाँ चुक्ता पूँजी भएको नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक र ४ करोड ३७ लाख रुपैयाँ चुक्ता पूँजी भएको कसमस डेभलपमेन्ट बैंक प्राप्ति पछि हकप्रद जारी गरेर बैंकले २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउने भएको छ ।

बैंकले बोनस सेयर वितरण, दुई विकास बैंक प्राप्ति तथा सेयर स्वाप रेसियो निर्धारण र हकप्रद सेयर निष्काशन सम्बन्धी प्रस्ताव पारित गर्न जेठ १९ गते साधारणसभा बोलाएको छ । जसको लागि बैंकले जेठ ४ गतेदेखि १९ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

sangrila bank

प्रकाशित मितिः २०७४ बैशाख २८

वि.सं.२०७४ वैशाख २८ बिहीवार १३:२२ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४०

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिति २०८१ साल बैशाख १२...

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:३२

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १०...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...