back
NMB ad

लगानीकर्ताहरु ५ वर्षसम्म कुनै लाभाँश पाउनुभएको छैन ? त्यसोभए लिन जानुस् ५ वर्षको एकैचोटी !

Kumari bank ad

काठमाडौ । बैंक अफ काठमान्डू (बीओके) ले पाँच वर्षसम्म पनि लाभांश नलिएका लगानीकर्तालाई १ महिनाभित्र सम्पर्क गरेर नगद लाभांश बुझ्न बोलाएको छ । बैंकको साधारणसभा भएको मितिले पाँच वर्ष पुग्दासम्म पनि नलिएको लाभांश बुझ्न बिओकेले लगानीकर्तालाई एक महिनाको समय दिएको हो ।

बिओकेको सेयरसम्बन्धी काम गर्ने सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड नक्सालबाट यो लाभांश लिन पाइने जानकारी गराएको छ । एक महिनाभित्र पनि लाभांश लिन लगानीकर्ता गएनन् भने त्यो पैसा सीधै लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनेछ । बिओकेमा आर्थिक वर्ष २०५८/५९ देखि २०६७/६८ सम्ममा १ करोड दुई लाख ३२ हजार ३ सय ९४ रुपैयाँ ६२ पैसा थन्किएर बसेको छ ।

बैंकले वैशाख २६ गते सूचना नै जारी गरेर लगानीकर्तालाई नगद लाभांश लिन आउन भनेको हो । सरकारले भने लाभांश नलिएका लगानीकर्ताको लगानी संरक्षण गर्ने उद्देश्यले लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७३ बनाएरै लगानीकर्ता संरक्षण कोषमा पाँच वर्ष बितिसक्दा पनि नलिएका पुराना लाभांश जम्मा गर्न थालिएको हो । एक महिनाभित्र पनि बिओकेको नगद लाभांश लिन नजाने लगानीकर्ताको पैसा यसै कोषमा जम्मा हुनेछ । कोषमा सुरक्षित रहने यो लाभांश लिन लगानीकर्ता जहिले गएपनि पाइनेछ ।

bok notice

प्रकाशित मितिः २०७४ बैशाख २९

वि.सं.२०७४ वैशाख २९ शुक्रवार ०७:४९ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...